पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रियहुँदा सरकारी सेवासुविधा लिँदा प्रश्न उठ्ने भएकोले आजैबाट लागू हुनेगरी फिर्ता

राजनीति समाचार

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी आजकै मितिबाट लागू हुनेगरी पत्र दर्ता गराएको हो।
भण्डारीले अनुसार आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।

उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी उनका निकट श्रोतले जानकारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *