सशस्त्र प्रहरीमा गृहको हस्तक्षेप बढ्दो

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालभित्र पछिल्लो समय पावर र शक्तिको भरमा चल्न थालेको छ । संरचनागत मर्यादा विपरीतका गतिविधि हुँदै आएका छन् । सोर्सफोर्स हुने र नहुनेकोबीच भिन्नता त्यतिकै बढेको छ । त्यसमा गृहमन्त्रालयको बढी हस्तक्षेप हुने गरेको छ । सरुवा, बढुवा र पदस्थापना गृहमन्त्रालयको हस्तक्षेप बढेपछि कतिपय प्रहरीहरु निरास हुने गरेका छन् ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठनभित्र नै असन्तोष चुलिँदै गएको छ। उच्च स्रोतहरूका अनुसार, सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्याल समेत मन्त्रालयको चाप थेग्न नसक्ने अवस्थामा गुज्रीरहेका छन्।

पछिल्लो समय २०८१ माघ १२ गते ९ नम्बर गणका एसपी पुरन चन्द्र भट्ट पाँच महिनामै सरुवामा परेका छन् । उनको सरुवा १३ नम्बर गण पर्सा गरिएको छ । जुन सशस्त्र प्रहरीमा ‘असामान्य सरुवा’ को रूपमा लिएको छ। छोटो समयमा सरुवा हुनु परम्परागत सरुवा प्रणालीको विपरीत भएको मानिन्छ । त्यसमा लेनदेन र भनसुनको प्रभाव परेको छ । सामान्यतया कुनै जिल्लाको कमाण्डर सम्हालेका अधिकृतहरूलाई पछि बाहिनी वा मुख्यालयमा सरुवा गर्ने प्रचलन छ । कसैलाई मुख्यालयबाट बाहिनीमा सरुवा गर्ने मान्यता रहेतापनि भट्टको आकस्मिक सरुवाले सशस्त्र प्रहरी संगठनभित्र सबैको होस उडेको छ । भट्ट कञ्चनपुरका स्थायी बासिन्दा हुन् र उनी तत्कालीन गृहमन्त्री रवि लामिछानेका स्वकीय सचिव हुँदै लेखराज भट्टका निजी सचिव जनक भट्टका नातेदार रहेको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरीमा हस्तक्षेपको कारणले प्रहरीहरुको मनोबल खस्किएको छ ।त्यस्तै, सशस्त्र प्रहरी बलमा थप एक शक्तिशाली पहुँचका व्यक्तिलाई डीआइजी दिपेन्द्र कुँवरको नाम पनि चर्चामा छ। उनी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिवालयमा रहेका थिए । उनी हाल सशस्त्र प्रहरी बलका डिआइजी पदमा कार्यरत छन् र संगठनमा प्रभावशाली भूमिका खेल्दै आफु शक्ति र पावरको भरमा रमाउने डिआइजीको रूपमा क्रियाशील छन् ।

सुरक्षा निकायहरूमा यस्ता राजनीतिक हस्तक्षेप र पारिवारिक पहुँचका आधारमा हुने सरुवा तथा बढुवाले संगठनभित्र पेशागत मनोबल घटाउने तथा योग्य अधिकृतहरू हतोत्साहित बनाउने काम हुँदै आएको छ । राजनीतिक हस्तक्षेपले सुरक्षा निकायको आत्मबल दिनप्रतिदिन खस्किँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *