त्रिशुली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट सकुशल उद्धार

विविध समाचार

काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका स्थित त्रिशुली नदीको बीचमा फसेका दुई जनाको उद्धार गरिएको छ ।

बाढीका कारण नदीको बीचमा फसेका नुवाकोट, विदुर नपा–१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरु त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *