गुप्तचरको डिआईजी बन्न करोडौंको चलखेल

राजनीति समाचार

काठमाडौं । आखिर गुप्तचर न हो, गोप्य रुपमा आफू जहाँ गयो त्यहीँ सम्पत्ति जोड्ने कांग्रेसको पार्टी कार्यालय र संसदीय दलको रिपोर्ट चोरी गर्दागर्दै स्व. पुरुषोत्तम बस्नेत २०६२÷६३ सालमा संसदीय दलमा निषेध गरेका भूमि पाठक गुप्तचरको डिआइजी बन्ने दाउमा छन् । गोविन्दराज जोशीको पिए बसेर गृह, स्थानीय विकास, जलस्रोत जस्ता मन्त्रालय चाहेका पाठक काठमाडौँ, पोखरा, ललितपुरको प्रमुख भए । दुई पटक ललितपुर प्रमुख बन्दा उनले प्रचण्डका घरबेटी शारदा अधिकारी र गोदावरीतिरका ढुंगा तथा क्रसर उद्योगहरुबाट राम्रै आम्दानी गरेका कारण डीआइजी बन्न करोड खर्च गर्न सक्छन् ।

गुप्तचर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नुवाकोटकै महिला अधिकृतलाई गुप्तचर कमाण्डर बनाएर बालुवाटार लगेको वर्षदिन हुँदैछ । भूमि एसएसपी भएर काठमाडौँ ललितपुर बस्दा सँगै काम गरेको हाकिमको नाताले ती महिला कमान्डरले प्रमुख सल्लाहकार मार्फत प्रधानमन्त्रीलाई रिजाउन कठिन भएन । दरबन्दी सिर्जना गरेर भएपनि पाठकलाई गुप्तचर प्रमुख बन्ने बाटो खुल्छ । त्यो बेला जताततै एमाले बाहेक अरु नहुने सपना यो टोलीले देखेको छ । बालुवाटारको कोठाबाट देशमा विकास र समृद्धि मात्र देखिन्छ । किनकि एमालेको एउटा जमात अध्यक्ष ओलीलाई भगवान मान्दछ । यो जमातले राज्य कोष लुट्न असगर अलिको डिजाइनका प्राविधिक योजना ल्याउँछ ।

पछिल्लो पटक सरकारी विद्यालयहरूलाई अलिको कम्पनीमार्फत कम्प्युटर शिक्षा प्रणाली लागू गराउने गरी पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको काम खोस्ने योजनामा विद्या भट्टराई सहमत नहुँदा मन्त्रीबाट हटाइएको रहस्य खुलेको छ । ललितपुरमा लगातार दुईपटक रहँदा भूमिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । उनले त्यो दबाउन आयुक्त बन्नु अगावै कांग्रेसकी डाक्टर आर्जुलाई ९ करोड दान गरेका जयबहादुर चन्दलाई आइजीपी बन्न त्यो पैसा खर्च गरेका हुन् भनिन्छ । गोविन्दराज गृहमन्त्री हुँदा चन्दलाई डिएसपीबाट एसपीमा बढुवा गर्न सघाएका कारण जोशी मार्फत भूमि अख्तियार पुगेको चर्चा बरफबागतिर चलेको छ ।

चन्द आइजीपी बन्न पाएनन् । सरकारले निर्णय गर्यो । सर्वोच्चमा उनीविरुद्ध एमालेको सेटिङ थियो, रोकियो । अख्तियारमा ६ वर्ष आयुक्त हुँदा ४ वर्ष आइजीपी हुँदा भन्दा बढीको कमाई हुने बताइन्छ । पैसा भएपछि ओली सरकारको समृद्धि र विकासको चरण जाग्छ । त्यो बुझेका भूमिपाठकले डिआइजी भन्न खर्च गर्नु नौलो होइन । किनकि हुतराज थापा प्रमुख भएका बेला यस्ता कामले छलाङ मार्ने अवस्था छ । किनकि देउवाका पुजारी पुत्र ओमराज जोशीलाई प्रमुख बनाउनुपर्छ भन्नेमा पाठक छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *