आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह २ मा, नौ वटा टोलीको सहभागिता

खेलकुद समाचार

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ।

आगामी अक्टोबर ८ देखि १७ सम्म चल्ने प्रतियोगितामा कुल नौ वटा टोलीको सहभागिता हुनेभएको छ । नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको हो ।

समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्। यस प्रतियोगितामा नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीले यसअघि टी–२० विश्वकप खेलिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *