शिक्षा विधेयक संसद्को यसै अधिवेशनबाट पारित हुने,स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा न्यूनतम ज्याला

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । सरकारले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने भएको छ ।

शुक्रबार सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने उल्लेख गरेका हुन्।

नीति तथा कायर्क्रममा, ‘शिक्षा सुधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ ।’ सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो । साथै सरकारले इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।

आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने समेत घोषणा गरे । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । दक्ष जनशक्ति पलायन रोक्न प्रयास गरिने समेत उनले बताए ।

युवा रोजगारी सिर्जना गर्ने र आगामी दशकलाई आन्तरिक रोजगारी दशक घोषणा समेत उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *