सरकारले नीति तथा कार्यक्रम मार्फत् ल्याएको कृषि नीतिहरु विस्तृत रुपमा

राजनीति समाचार

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम मार्फत कृषि मल कारखानाको विषय फेरि ल्याएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मल कारखानाको लागि आवश्यक कार्य गरिने भन्दै घोषणा गरेका हुन् ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनःसंरचना गर्ने भएको छ । प्रधानमन्त्री शब्द जोडिएको कार्यक्रम असफल भएको भन्दै सरकारले नाम फेर्ने तयारी गरेको थियो । सोही अनुसार नीति तथा कार्यक्रम आएको देखिन्छ । साथै कृषि क्षेत्रमा व्यावसायिक ढंगले काम गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ । व्यावसायिक कृषि खेती गर्ने किसानले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य र लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गर्ने घोषणा गरेका हुन् ।

सरकारले रैथाने बालीको प्रवर्द्धन गर्ने घोषणा गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण विस्तार गर्न स्थानीय तहको समन्वयमा प्रवर्धन गर्ने बताएका हुन् । साथै, सरकारले सार्क खाद्य भण्डार र राष्ट्रिय भण्डारण केन्द्रमा आवश्यक खाद्य भण्डार गर्ने नीति तथा कार्यक्रममा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *