राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा सामुदायिक र निजी विद्यालयको पाठ्क्रम एकरुपता,स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गर्ने

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रूपमा ल्याएको छ ।

शुक्रबार सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रूपमा ल्याएको जानकारी गराएका हुन् ।

सम्वत् २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुधार गरिने उल्लेख गरिएको छ । साथै संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

त्यस्तै विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिनेछ । रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ ।

खेलकुदलाई निजी क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने कुरा समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि मिलाइने भएको छ । सरकारले विद्यालय शिक्षामा सामुदायिक र निजी विद्यालयको पाठ्क्रममा एकरुपता बनाउने घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *