‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान आजदेखि शुरु

राजनीति समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपालले आजदेखि ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान शुरु गरेको छ ।

ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका हुन् । असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउनरभदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो । उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएर अभियान शुरु गरिएको छ ।

कार्यक्रममा प्रचण्डले इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम आबद्ध भएर सहकार्य गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाईसीएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *