काठमाडौं । नेपाल सरकार र भारत सरकारका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुने भएको छ ।
मंगलबार तय भएको गृहसचिव स्तरीयको छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली सोमबार नयाँ दिल्ली प्रस्थान गर्ने गृह मन्त्रालयले जनाएको हो ।
गृहसचिवसहित १२ सदस्यीय टोली जहाँ गृहसचिव गोकर्णमणि दुवाडीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एकरएक जना एआईजी, परराष्ट्रट मन्त्रालय, कानून मन्त्रालयका सहसचिव, नापी विभागका महानिर्देशकसहितको टोली नयाँ दिल्ली जान लागेको हो ।
यो छलफल विशेषगरी सुरक्षासँग समन्धीत क्रस बोर्डर क्राइम, सीमा सुरक्षा, सूचना संयन्त्र तथा इन्टेलिजेन्स, लागुऔषध नियन्त्रण र चोरी तस्करी लगायत विषयमा छलफल हुने बताइएको छ ।त्यसैगरी पारस्परिक कानुनी सहायता (एमएलए) को विषयमा पनि छलफल हुने भएको छ ।

