प्रधानमन्त्रीमा नियुक्ती भएको १४ महिनापछि ओलीको भारत भ्रमण तय

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ती भएको करिब १४ महिनापछि भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई भदौको अन्तिम सातातिर दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको हो । यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *