राष्ट्रिय सभाको दिउँसो बस्ने बैठकले संघीय निजामती सेवा विधेयक अघि बढाउँदै

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयक अघि बढाउँदैछ ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफा वा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुन गर्ने कार्यसूची रहेको छ ।

यो विधेयकमा १६ समूहमा ४३ जना सांसदको संशोधन परेको छ । एमालेका पाँच जना सांसदले भने कुलिङ पिरियडको प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव राखेका छन् । यस्तो संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरू गोपाल भट्टराई, इन्दिरा देवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बि.सी र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।

प्रतिनिधि सभाबाट पारित भएर गएको विधेयकमा सरकारी कर्मचारीका लागि अवकाशपछि दुई वर्ष संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति नपाउने प्रावधान छ । तर, यस्तो प्रावधान निश्कृय हुने भाषा समेत अर्को उपदफामा परेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभामा संसदीय विशेष छानबिन समिति नै बनेको छ । यो बेला राष्ट्रिय सभामा भने एमालेका सांसदहरूले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *