काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८१-०८२ मा ७६ प्रशित प्रगति गरेको भन्दै प्रचार गरेको छ । तर, सो मन्त्रालय अन्तर्गतका पूर्वाधारका कामहरु सबैतिर अलपत्र परेर कतिपय सडकहरु झरी सुरु नहुँदै सवारी साधान आवतजावत गर्न समस्या परिरहेको छ । त्यसको उदाहरण लिन सकिन्छ वीपी राजमार्गलगायत अन्य राजमार्गहरुलाई । वीपी राजमार्गले एक महिनाकाको लागि रात्रीकालीन यातायात सेवा बन्द गरेको छ ।
अन्य सडकहरु पनि त्यस्तै हालतमा गुज्रिइरहेका छन् । पानी नपर्दै सडकहरु सञ्चालन नहुने अवस्थामा गुज्रिइरहेका छन् । पहिलाको जस्तो असार, साउनमा हप्तादेखि पन्ध्र दिनसम्म झरी पर्ने हो भने देशैभरका सकडहरु अबरुद्ध हुने देखिन्छ । तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल भने ठेक्कापट्टामा सेटिङ गर्ने र महानिर्देशक हेरफेर गरी करोडौं असुली गरिरहेका छन् । एउटै व्यक्तिलाई दुईवटा आयोजनाको जिम्मा दिएर कमिसन बटुल्न मन्त्री दाहाल लागिपरेका छन् । मन्त्री दाहालले तत्कालीन महानिर्देशक रामहरि पोखरेललाई गत जेठ १० गते हटाई पाँच करोड लिएर जेठ १२ गते डा. विजय जैसीलाई महानिर्देशक बनाएका थिए ।
जैसीलाई महानिर्देशक बनाएपछि विभिन्न आयोजनाहरुको प्रगति भएको बहाना बनाएर भौतिक पूर्वाधार संचरनाको नाममा अर्बौं भष्टाचार भएको स्रोतले बताएको छ । सिद्धबाबा सुरुङमार्ग सम्पन्न गर्न ४० करोड बजेट बाँकी हुँदाहुँदै फेरि म्याद थप गरी त्यसको लागत बढाइएको थियो । सो ४० करोड झ्वाम पार्नको लागि सडक विभागको महानिर्देशकमा जैसीलाई ल्याइएको स्रोतको दावी छ ।
कतिपय राष्ट्रिय गौरवका आयोजनाहरुको ठेक्का मन्त्री र महानिर्देशकको मिलेमतोमा दिने गरी सम्झौता भएको बताइन्छ । मन्त्री र महानिर्देशक मिलेमतोमा ठेक्का दिँदा करोडौं कमिसनको बार्गेनिङ हुने गरेको बताइन्छ । नवनियुक्ति महानिर्देशक जैसीले पनि आफूले मन्त्रीलाई बुझाएको पाँच करोड रकम असुलउपर गर्नको लागि पृथ्वी राजमार्ग, नागढुङ्गा सुरुङमार्ग, हुम्ला राष्ट्रिय सडक सञ्जाल, त्रिवेणी करिडोरलगायतका ठूला आयोजनामा आँखा लगाएर आफ्ना मान्छे फिट गर्न खोजिरहेका छन् ।
यस विषयमा बुझ्नको लागि तामाकोशी सन्देशका सम्वाददाताले ९८५११७६८९३ मा फोन गर्दा सम्पर्क आउन चाहेनन् । त्यसले गर्दा पनि भौतिक मन्त्रालय विकास भन्दा विनास बढी हुने काम भएको छ । गत असोज १२ गते गएको बाढीपहिरोले वीपी राजमार्गमा ठूलो जनधनको क्षति भएको थियो । सो राजमार्ग निर्माण गर्न अर्बौं रुपैयाँ खर्च हुने भएको छ । त्यसको ठेक्का लगाएर कमिसन हात पार्नको लागि पनि महानिर्देशक जैसी लागिपरेको स्रोतले उल्लेख गरेको छ । जैसी विगत लामो समयदेखि भौतिक मन्त्रालयअन्तर्गत विभिन्न आयोजना र डिभिजन सडकहरुमा बसेर अकुत सम्पत्ति आर्जन गरी शक्तिकेन्द्रमा बुझाएर मालदार ठाउँमा बस्न सफल भएको कर्मचारीहरुको भनाइ छ ।

