काठमाडौं । कांग्रेसभित्र तीन वर्ष अगाडिको कारबाहीलाई लिएर पार्टी शिथिल बन्दै गर्दा एमालेमा पूर्व राष्ट्रपति नेतृत्व मोहको कारण उत्पन्न विवादले भ्रष्ट मन्त्रीहरूको जागिर खोसिएको छैन ।
प्रधानमन्त्री ओलीले भन्ने गरेका थिए भ्रष्टहरुको मुख नहेर्ने भनिरहँदा उनकै मन्त्रीहरुले व्यापक रुपमा भ्रष्टाचार गरिरहेका छन् । उनै मन्त्रीहरुको भ्रष्टाचारहरुको समाचार सञ्चारमाध्यमहरुले उजागर गरेतापनि एउटा कानले सुन्ने र अर्को कानले उडाउने काम प्रधानमन्त्री ओलीले गर्दै आएका छन् । त्यो रोगको मूल कारण सत्ताको ठूलो घटक कांग्रेस नै हो । एमाले के गरोस् ।
डा. आरजु देउवा सत्ता निरन्तर नक्कली भिजिट भिसाका दाजु सत्तामै राखेर फेरिने र हट्ने मन्त्रीमा गगनका बद्री पाण्डे, कृष्ण सिटौलाका प्रदीप पौडेल, देउवाका अजय चौरासिया, डा. शशांकका दीपक खड्का, शेखरका रामनाथ अधिकारी, राष्ट्रपतिका तेजुलाल चौधरी भए भने बाबुआमाकै नाममा भवन खडा गरी राज्यको स्रोत खर्च गरेर चर्चित भए । सत्ताइस करोड ४० लाखको ठेक्का ४३ करोड ७७ लाख ३० हजार बनाउँदा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको भागमा कति पर्यो होला ? यो काण्ड कीर्तिपुर क्रिकेट मैदानको हो । त्यसमा एमालेका मन्त्रीहरु बदनाम भए ।
शिक्षामन्त्री विद्या भट्टराई शैक्षिक माफियाको फन्दामा परेर राजीनामा दिइन् । अर्थ र सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीले विद्यातिर जान रोकेका छन् । सरकारले मन्त्रीमण्डल फेरबदल गर्ने भनेतापनि दुबै पार्टीको आन्तरिक मामिलाको कारण मन्त्रीमण्डल फेरबदल हुन सकेका छैनन् ।

