प्रसाईंलाई धारौटीमा छाड्ने आदेशविरुद्व महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने, कानून र न्यायको सिद्वान्त विपरीत

राजनीति समाचार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धारौटीमा छाड्ने आदेशविरुद्व महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले प्रचलित कानून र न्यायको मान्य सिद्वान्त विपरीत भएकोले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो ।
१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आईतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागार फर्किएका थिए । त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाइको प्रक्रिया टुंग्याएर प्रसाईंलाई बेलुका छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *