नेपालको राजनीतिक वृत्तमा अहिले ठुलै हलचल पैदा भएको छ । एकल काँटे नेता झै देखिने एमाले शीर्ष नेता प्रधानमन्त्री ओली स्वार्थ समूहको व्यापारीहरु र व्यवसायीहरुको निर्देशनमा उल्टोपाल्टो अलोकप्रिय निर्णयहरु गर्दै जेनतेन १ बर्ष सत्ता गठबन्धनका साझेदार नेपाली काँग्रेस सित हातेमालो गर्दै बिताएका छन् । यो बितेको एक बर्षमा एमाले शीर्ष नेता प्रधानमन्त्री भ्रष्टाचारीको मुखै हेर्दिन संगत नै गर्दिन भन्दाभन्दै पनि आफ्नै नेतृत्वको मन्त्रीपरिषद् मा सामेल भएका महाभ्रष्ट मन्त्रीहरु सित सहजताको साथ बिताएका छन् । एमाले र नेपाली काँग्रेसको गठबन्धनले सरकार बनाउने बेलामा ७ बुँदे सहमती गरेका थिए र त्यसमा संबिधान संसोधन र सुशासनको मुद्दाहरु प्रमुख थिए ।
तर ओली–देउवा सरकारको नेतृत्व गरी बसेको एमाले शीर्ष नेता प्रधानमन्त्री ओलीले नेपाली जनता सित प्रत्येक्ष रुपमा सरोकार राख्ने संबिधान संसोधन र सुशासनको एजेण्डा थाती मुलतबीमा राखीदिए । नेपाली काँग्रेसका शीर्ष नेता देउवा लगायत अन्य नेताहरु हेरेको हेरै भएका छन् । सुरुमा नै एमाले शीर्ष नेता प्रधानमन्त्री ओली व्यापारी भाटभटेनीको मालिक मीन बहादुर गुरङ्ग सित एमाले पार्टी कार्यालय बनाउने भन्दै हाकाहाकी सार्वजनिक कार्यक्रम नै गरी ६ अर्ब ४७ करोडको थैली हात पारेका थिए । अब त्यसको बदलामा नाफाखोर व्यापारी मीन बहादुर गुरुङ्गलाई एमाले शीर्ष नेता प्रधानमन्त्री ओलीले गोप्य रुपमा के बचन दिएका छन सोकुरालाई सार्वजनिक गरेका छैनन् ।
सबैलाई जानकारी भएकै कुरा हो कुनै पनि व्यापारीले कहिले पनि घाटाको शौदा गर्दैनन् । त्यसमा पनि सरकारी कर भ्याट नै छलेर खर्बौंमा नाफा कमाएर अरबौंको दान सरकारी निकायलाई दिन सक्ने व्यापारी मीन बहादुर गुरङ्ग कुनै ऐरे गैरे नाथुखैरे व्यापारी भित्र पर्दैनन् । अरबौं सरकारी कर भ्याट छलेको मुद्दामा सुरुको अदलतले द्वोषी ठहर गरीसकेको छ भने कानुन अनुसार अहिले माथिल्लो अदालतमा मुद्दा चली नै राखेकोछ । सुरुको अदालतबाट भएको ठहर अनुसार उहाँले ४ अर्व सरकारी कर भ्याट छलेको पुष्टी भएको हुँदा व्यापारी मीन बहादुर गुरुङ्गलाई त्यसै बराबरीको दण्ड जरिवाना र २ बर्ष कैद समेत तोकीसकेको छ ।
त्यस्ता द्वोषी ठहर भईसकेको राष्ट्रघाती व्यापारी सित एमाले शीर्ष नेता प्रधानमन्त्री ओलीले गरेको सहमती गोप्य राखिनु पनि गैरकानुनी काम हो र युरोप अथवा अमेरिका जस्तो बिकसित देशमा भएको भए एमाले शीर्ष नेता प्रधानमंत्र ओली समेत दण्ड जरिवाना र जेल सजायको भागीदारी बनीसेको हुने थियो । नेपाल हो र नेपालमा जे राजनीतिक दलका नेताहरुले गरेपनि सजायको भागिदारी बन्नु पर्ने छैन भन्ने सोचले दलका शीर्ष नेताहरु ग्रसित भएको हुँदा गैरकानुनी काम गर्दै हिडेका छन् ।
दलका शीर्ष नेताहरु मात्र होईन उहाँहरुका श्रीमति, छोराछोरी र नातेदारहरुले समेत आफुहरु नेपालको कानुन भन्दा माथि भएको धारणा मनमा पालेका हुँदा सोही अनुसार अनेक प्रकारको भ्रष्टाचारहरु र अपराधहरुमा संलग्न छन । अब पानी नेपाली जनताको नाक भन्दा माथि जाँदै गरेकाले नेपाली जनता दलका शीर्ष नेताहरु, उहाँहरुको परिवारजनहरु र नाताकुटुम्बहरु समेतको राजशाही ठाँटलाई चुनौती दिने आँट गरीरहेका छन् । नेपाली काँग्रेस, एमाले र एमाओवादी तीनै दलहरु अपराधिक पृष्ठभूमिबाटै राजनीतिमा आएकाहुन । सत्तामा आईसकेपछि तीनै दलका नेताहरुले पुँजीवादी अर्थतन्त्रलाई मनभित्रैबाट अपनाएका छन् ।
पुँजीवादको महत्वपूर्ण पक्ष भ्रष्टाचार, आर्थिक अपराध, मानव तस्करी, सुन तस्करी, मुद्रा तस्करी, लागुऔषद तस्करी, घरजग्गाको दलाली, राजनीतिक नियुक्तीका दलाली आदि ईत्यादिलाई आफ्नो कमाउने व्यापार व्यवसाय बनाएका छन् । दलका शीर्ष नेताहरुको यस्तो लालची लोभी प्रवृत्तिलाई आफ्नो नाफा कमाउने व्यापार व्यवसाय बनाउनको निमिक्त नै स्वार्थ समूहले एमाले शीर्ष नेता प्रधानमन्त्री ओलीको नेतृत्वमा भएको ओली–देउवा सरकारलाई निर्देशित र नियन्त्रित गरी राखेका छन ।
त्यहि स्वार्थ समूहको ईशारामा प्रधानमन्त्री ओलीले स्वार्थ समूहको घोर बिरोधी भुँईमान्छेहरुको नेता दुर्गा प्रसाई र सहकारी पीडितहरुको पक्षमा उभिएका पूर्व गृह्यमन्त्री रबि लामिछानेलाई नेपाली जनताको ईच्छाको बिरुद्ध जेल हालेका छन् । त्यसैगरी स्वार्थ समूहको दबाबमा परि नेपाल बिद्युत प्राधिकरणका लोकप्रिय सिईओ कुलमान घिसिङलाई हटाएर त्यसको ठाउँमा आफ्नै नातेदार पर्ने सालो केटोलाई नियुक्त गरेका छन् ।
कुलमान घिसिङको बाँकी तीन महिनाको कार्यकाल पुरा गर्न दिएको भए पनि कुनै बित्यास पर्ने वा हुने थिएन । स्वार्थ समूहका माडवाडी व्यापारीहरु र व्यवसायीहरु सितै मिलेर एमाले शीर्ष नेता प्रधानमन्त्री ओलीले एमाले पार्टी कार्यालय चलाउने खर्च जुटाईरहेका छन । त्यसैको आर्थिक सहयोग र बलमा २०८४ को आम चुनावमा एकल बहुमत ल्याएरै छाड्ने सपना मनामा पालेर बसेका छन् । साथै लगातार माडवाडी साहु महाजनहरुले उपलव्ध गराएको भवनहरुमा नै बसेर त्यसैबाट एमाले पार्टी कार्यालय निरन्तर चलाई नै रहेका छन् ।
यसबाट एमाले शीर्ष नेता प्रधानमन्त्री स्वार्थ समूहको भतुवा नै भएको प्रमाणित हुन्छ । नत्र कम्युनिष्ट शिद्धान्त बोकेको एमाले र गैरराष्ट्रिय माडवाडी व्यापारीहरुको साथ सहयोग संभव नै थिएन । गैरकानुनी व्यापार व्यवसाय नेपालमा चलाउँदै आएका गैरकानुनी गैरराष्ट्रिय व्यापारीहरु र व्यवसायीहरुले एमाले दलका शीर्ष नेता प्रधानमन्त्री ओलीलाई खुवाउने पिलाउने मात्रै गरी बसेका छैनन् दुहुनो गाई सरह बनाएर निरन्तर दुध दुहुने काम गरी राखेकछन । नेपालको २४० बर्ष लामो राजतन्त्रको इतिहास मेटाउन खोज्ने अनि युगौ देखि नेपाली जनताले मानीआएको वैदिक सनातनी हिन्दूधर्मलाई अरु बिदेशी धर्महरु सरह मानेर नेपाललाई ईसाइ मुलुक बनाउन खोज्ने दलका शीर्ष नेताहरु वास्ताविक रुपमा नेपाल राष्ट्र र नेपाली जनताको घोर सत्रु नै हुन ।
यस्तो अवस्थामा दलहरुले बिदेशबाट कपी पेस्ट गरेको संघियता र गणतन्त्र नेपालमा चल्ने कुरै भएन । दलहरुको लागि बिदेशी गैरसरकारी संस्थाहरुले मिलेर बनाईदिएको नेपालको संबिधान २०७२ अनुसारको संघियता र गणतन्त्रमा नेपालीपना भन्ने केही पनि छैन । संघियता र गणतन्त्रमा नेपाली मौलिकताको कुनै झल्को समेत पनि नभएको हुदा नेपाली जनताले उक्त राजनीतिक व्यवस्थाको अपनत्वग्रहण गर्न सकीरहेको छैन । सीधै भन्नु पर्दा संघियता र गणतन्त्रलाई नेपाली जनताले खोटो राजनीतिक व्यवस्था मानेर दिलै देखि अस्वीकार नै गरीसकेका छन ।
जसरी माछो पानी बिना बस्न सक्तैन त्यसरी नै नेपाली जनता बिना दलहरुको राजनीति नेपालमा चल्दैन । लाखमा दलहरु र दलका नेताहरु होलान भने करोडमा नेपाली जनता रहेका छन् । दलहरुले नेपालको रोजगार नीतिलाई बदलेर नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाएको भएपनि नेपाली जनताको संख्या अझ पनि दलहरु र दलको नेताहरु भन्दा करोडले नै बढी रहेकोछ । आधा नेपाली बिदेशमा वैदेशिक रोगारीको लागि गएको हुनाले नेपाल राष्ट्र पनि आधा नै मान्नु पर्छ तर पनि नेपाली जनताको साथ सहयोग बिना स्वार्थ समूहका व्यापारीहरु र व्यवसायीहरुले मात्रै दलहरुको सुरुची अनुसारको सत्तालाई टिकाउन सक्ने छैन ।
नेपाली जनता सित नजोडिएका ओली र देउवा जस्ता धुन्द्वकारी दलको नेताहरुले पक्कै पनि नेपाली जनताले अस्वीकार गरी सकेको महंगो संघियता र गणतन्त्रलाई दीगो बनाउन सक्ने छैन । जसरी बोट बिरुवाहरु हावा, पानी र माटो सित नजोडिएर संधै जीवित रहन सक्तैन त्यसरी नै नेपाली जनता सित नजोडिएका ओली देउवा जस्ता दलका नेताहरुको गैरलोकतांत्रिक राजनीति लामो समय सम्म टिक्ने छैन । यतिबेला स्वार्थ समूहको निर्देशन अनुसार चल्दै आएको ओली–देउवा सरकार भित्र तहल्का मच्चिएको छ । राजतन्त्रको पक्षमा नेपाली जनता निरन्तर गईरहेका छन भने दलहरु भित्रै दलतन्त्र र नेतातन्त्रको बिरोध सुरूभएको हुँदा एमाले काँग्रेस पार्टी भित्रै हलचल मच्चिएकोछ ।
एमाले र नेपाली काँग्रेस दलहरु भित्र मात्र होइन अन्य दलहरुमा पनि पार्टी नीतिहरु र नेतृत्वलाई लिएर महाभारत युद्ध नै सुरु भईसकेका छन । राजाको भन्दा पनि लामो अवधि सम्म दलको नेतृत्वमा निर्बाद रुपमा बसेर दल भित्रको राजा समान बनेका दलका शीर्ष नेताहरु बिरुद्ध तल्लो तहका युवा नेताहरु पार्टी नेतृत्व हत्याउनको लागि चुनौती दिन सुरु गरेका छन् । यस्तोमा दलका नेतृत्व गरी बसेका पाका उमेरका नेताहरुको लागि नेतृत्व त्याग्नु पर्ने दबाब बढेकोछ ।
लोकतन्त्रको अभ्यास दलभित्र पनि गरेको खण्डमा दलतन्त्र र नेतातन्त्र स्वतः परास्त हुनेछन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । राजतन्त्र लोकप्रिय बन्दै गएको अवस्था छ । धर्म गुरुहरुले वैदिक सनातनी हिन्दूधर्मलाई पुनरस्थापित गरी धर्मनिरपेक्षता खारेज नै गर्नु पर्ने भन्दैछन । नवयुवराज हृदयंद्र नेपालको भविष्यको राजाको रुपमा नेपली युवापिढीको मनमा राज गर्न थालीसकेका छन् । नेपालको दुर्गम जिल्लामा पुगेर त्यहाँको उपेक्षित जनता र बिकासलाई सामाजिक संजालको भ्लग मार्फत संसार भर प्रचार प्रसार गरेका छन ।
चाँडै नै त्यसको प्रभावले नेपालको दुर्गम र बिकासबाट उपेक्षित जिल्लाहरुमा स्वदेशी र बिदेशी पर्यटकहरुको आगमण बढ्ने निश्चित नै छ । नवयुवराजको लोकप्रियताले गर्दा सत्तामा बसेका दलहरुको सिंहासन काँप्न थालेको छ । फलस्वारप दलहरु भित्र तहल्का मच्चिएको छ र संसद बिघटन गर्ने तर्फ छलफल चलाएका छन् । हिमानी ट्रस्टले पनि ब्रेन ड्रेन र ब्रेन गेन कार्यक्रमको सञ्चालन गरी स्वदेशी उत्पादन बृद्धि गराउनमा जोड दिएका छन् ।
वैदेशिक रोजगारिमा गएकाहरुलाई बिस्तारै स्वदेशमा नै रोजगारी खुलाउने गरी बन्द भएर बसेका लगभग २१२ उद्योग कलकारखानालाई चलाउने प्रतिबद्धता जनाएका छन् । स्वदेशमा नै वैदेशिक रोजगारीमा गएकाहरुलाई रोजगारी उपलव्ध गराउनको लागि बन्द गरी राखेका सरकारी उद्योगहरुलाई चलाउन अनिबार्य भएकोछ । दलहरु सत्तामा टिकी बसेमा त्यसो गर्ने छैन बरु उल्टै माडवाडी उद्योगीहरु सित मिलेर कौडीको भाउमा उक्त उद्योग कलकारखानाहरु बेच्ने छन ।
आधुनिक प्रविधि र अटोमेसनको कमी कमजोरी देखाएर कवाडीको भाउमा पुराना हातले चलाउने जमानाका मेसिनहरु बेच्ने छन । यो भन्दा पहिले पनि दलहरुले भक्तपुर र हरिशिद्धि ईटाटायल कारखानालाई त्यसरीनै बेचीसेका छन भने बाँसबारी छालाजुत्ता जस्तो नामचलेको जुत्ता कारखानको नाम निशाना नै मेटाई दिएका छन् । दलहरु काम गरी खान सक्नेमा नपर्ने हुँदा उहाँहरु शोषक शामन्तको औलाद झै छन त्यसैले नेपाल राष्ट्रको सम्पत्ति जस्तो जल, जमिन, जंगल र जनशक्तिको अपचालन गर्नको लागि सबै दलका नेताहरु आपसी भागबण्डा मिलाएरै लागी परेका छन् ।
दलहरुलाई त्यसो गर्नबाट रोक्न गरीसकेको भ्रष्टाचारहरु र आर्थिक अपराधमा तिनीहरुलाई सजाय दिन नेपालमा सत्ताको नेतृत्व परिवर्तन गर्न नित्यान्त जरुरी भएको हुँदा सबै नेपाली जनताले राजालाई नेपालको संरक्षक बनाएर राजतन्त्र फर्काउन र वैदिक सनातनी हिन्दूधर्मलाई फेरि नेपाल राष्ट्रको धर्म बनाउन राजाको नेतृत्वमा नेपाली जनता सबै गोलबन्द हुनै पर्छ ।

