मुसिकोट नगरपालिकामा एक वर्षको अवधिमा ७१ जना भित्रिदाँ ६ सय भन्दा बढीको बसाईं सराईं

विविध समाचार

काठमाडौं । मुसिकोट नगरपालिकाबाट मात्रै गत आर्थिक वर्षको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ६ सय ९६ जनाले बसाईं सरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कले मुसिकोट नगरपालिकामा जम्मा ७१ जना भित्रिदाँ विदेशिनेको संख्या वृद्वि भएको हो । उनीहरु फर्किएपछि अर्को ठाउँमा सर्ने गरेका छन् । यसले पनि बसाइँ सर्नेको संख्या बढेको छ ।

गाउँका युवाहरु विदेशिनुका साथै बसाइसराइँ भएपछि गाउँ सुनसान बन्दै गएको स्थानीयवासी बताउँछन् । बसाइसराइँ गर्नेहरु गाउँको जग्गा बिक्री नगरी घरमा ताल्चा लगाएर सुगम ठाउँमा जाने गरेका छन् ।

यहाँबाट सम्पन्न र विपन्न दुबै वर्गका व्यक्तिहरु बसाईं सरेको तथ्यांक छ । विपन्न वर्गका व्यक्तिहरु रोजिरोटीका लागि र सम्पन्न वर्गका व्यक्ति थप सुविधाका लागि बसाईं सर्ने गरेका हुन् । कृषि क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारण बसाइसराइँ भएको स्थानीयवासीको बुझाइ छ ।

तर, मुसिकोट नगरपालिकाले भने बसाईंसराईं रोक्न पहल गरिरहेको बताएको छ । नगर प्रमुख जिवलाल खरेल ९जीवन०ले यस प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै नगरको विकाससँगै जनसंख्या टिकाउन र आकर्षण बढाउन दीर्घकालीन योजना बनाइएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *