नयाँ खेलाडीलाई समावेश गराउन एन्फाको छनौंट प्रक्रिया शुरु

खेलकुद समाचार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिममा नयाँ खेलाडीलाई समावेश गराउन छनौंट प्रक्रिया शुरु गरको छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यू रसले ३९ खेलाडीहरूलाई सिनियर टोलीको छनोट कार्यक्रममा सहभागी गराउन छनौंट प्रक्रियाका लागि बोलाएका छन् । छनौंट कार्यक्रम अगस्ट १० देखि १२, २०२५ सम्म एन्फामा हुने भएको छ । छनोटमा सफल खेलाडीहरूलाई राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा समावेश गरिने एन्फाले जनाएको छ ।
गोलकिपरस् विशाल सुनार, प्रमिजय गच्छदार र टिकेन्द्र थापा ।

डिफेन्डरः अमृत श्रेष्ठ, कुलदीप कार्की, सृजनराज गौतम, योगेश गुरुङ, पदम भट्टराई, देवेन्द्र तामाङ, आशिष गुरुङ, छिरिङ गुरुङ, दिपेश धिमाल, दिवाकर चौधरी, एकराज बुढाथोकी र मनोज राई ।

मिडफिल्डरः कुशल देउवा, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, शिशिर लेखी, रामचन्द्र वाजी, रणदिप पौडेल, विवेक पौडेल, जय गुरुङ, सुवास बम, अजित लामा, दिवास छन्त्याल र आशिष सोनम ।

फरवार्डः प्रतापसिंह राई, फगुराम थारु, ओमप्रकाश, मिलन राई, आदित्य शाक्य, निरज चौधरी, दिनेश हेञ्जन, प्रदीप लामा, निरजन धामी, समिर तामाङ, विक्रान्त नरसिंह राणा र अमित लामा ।

नेपालले सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा बंगलादेश पुरुष राष्ट्रिय फुटबल टोलीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *