काठमाडौँ । ठूला नेता चिल्याउने र घुमाउने गर्दा कार्यकर्तामा अन्योल भैरहन्छ । नेकपा एकीकृत समाजवादीमा त्यही रोग भएको छ । जहाँ पार्टी अध्यक्ष माधवकुमार नेपाल सत्यतथ्यको ख्याल नगरी चिल्याउँछन् । उनीभन्दा वरिष्ठ नेता झलनाथले समाजवादी पार्टी भन्ने जनताको बहुदलीय जनवाद छाड्न नसक्ने भए किन पार्टी फुटाएको भनेर भन्दा माधवलाई पीडा भयो ।
एकीकृत समाजवादीको महाधिवेशनको म्यान्डेट अनुसार पार्टीलाई समाजवाद उन्मुख बाटोमा लैजाने प्रस्ताव पारित भयो । त्यही नीतिका कारण झलनाथ र घनश्याम भुसालले माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्न सहज भएको थियो ।
तर नेपालको नेतृत्व क्षमता थिएन । पहिला एमालेको महासचिव हुँदा पनि कांग्रेस र माओवादीको निर्णय के आउँछ त्यसपछि एमाले मध्यावधि धारको निर्णय गथ्र्यो । त्यो निर्णय पछि लागू हुने हुँदा केपी ओलीले मन पराउँदैनथे । आज एकीकृतमा त्यही अवस्था छ । झलनाथ खनाल पार्टीलाई समाजवाद उन्मुख ढाँचामा विधानले दिएको अधिकार अनुसार पार्टी चल्नुपर्छ भन्छन् । तर अध्यक्ष नेपाल त्यो मन पराउँदैनन् । त्यसपछि नै झलनाथले माधवलाई गन्न छाडेका हुन् । देखेको कुरा भन्ने खनाललाई पार्टी छाडेर गए हुन्छ भन्ने जवाफ पाएका छन् ।
खनालले सीपी र माधवलाई एउटै कोटीमा राखेका थिए । अहिले त्यही पार्टीमा माधव र झलनाथको लडाई छ । झलनाथले महाधिवेशनले पारित गरेको समाजवादी उन्मुख दस्तावेजीकरण गर्न नदिँदा आक्रोस प्रकट गरेका छन् । महासचिव घनश्याम भुसाल पनि माधवको पद मोहले हैरान छन् । रामकुमारी झाँक्रीले त यस्तो स्थितीले पार्टी चल्दैन भनेकै हुन् । अविश्वास र पदमोह माधवको सम्पत्ति भएकोले झाँक्री आक्रोशित छिन् । तर उनले पनि माफी माग्दै एकीकृतको पुच्छर बन्नुपर्यो । किनकि उनलाई एमाले अध्यक्षले पत्याएको भए एकीकृत त्यागिसकेको अवस्था हुन्थ्यो ।

