काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जाने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आज साढे ११ बजे धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।
त्यस अघि प्रधानमन्त्रीले आज पुल्चोकमा हुने डिजिटल नेपाल कन्ल्क्लेभ संवादको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

