झलनाथ कै कारण एकीकृत शिथिल

राजनीति समाचार

काठमाडौँ । कांग्रेसमा त्यस्तो हुन्न एमालेमा त्यो कल्पना गर्न सकिन्न । माओवादी त छुट्टै धातु भएकाले त्यहाँ सुन तस्कर रक्त चन्दन कारोबारी उपाध्यक्षसम्म भएका छन् । उपमहासचिवले अध्यक्ष प्रचण्डको खुट्टा तान्न खोज्दा झण्डै धना जनार्दन शर्माकै रूपमा टिके प्रचार ज्वाइँको अनलाइनले गरेकै छ । किनकि त्यहाँ जनार्दन उर्फ धनार्जनको निगरानी छ । उनी अर्थमन्त्री बन्दा करका दायरामा मुसा पसेर सिसिटिभी फुटेज काटेकै हो ।

ठूलो पार्टीको यो प्रसङ्गले माओवादीको काँधमा चढेर बन्दुक पड्काएको १० सिटे पार्टी नेकपा एकीकृत भित्रको खैलाबैलालाई महत्व दिँदैछ । झलनाथ खनाल वरिष्ठ नेता उनले पार्टीको नामअनुसार प्रज्ञा भवनबाट पारित प्रस्ताव दस्तावेजीकरणमा माओवादी नेपालको जबज प्रेम रुचाएनन् । यदि जबज नै मान्ने हो भने पार्टी विभाजनको के अर्थ उनको तर्क ठिकै थियो । तर बामदेवलाई जबज मनप¥र्यो । त्यसमै अत्तो थापेर राष्ट्रिय एकता अभियान चलाउने भने तर पछाडि डीबी कार्कीहरु देखेपछि अरुले वामदेवलाई छाडेका थिए ।

अहिले अध्यक्ष माधव नेपालले बोलाएको स्थायी समिति पोलिटब्युरो बैठक मात्र होइन, भदौ पहिलो साता बोलाइएको केन्द्रीय समिति बैठक पनि सरेको छ । पार्टीले पार्टी प्यालेस लिएकै थियो । अरु कमिटीको बैठक पार्टी कार्यालयमा हुन सक्छ, तर केन्द्रीय कमिटीको हैसियतभन्दा ठूलो छ । खनालले माधव बिच्किए पार्टी नै नेकपा समाजवादीको नाममा खडा गर्ने गरी तयारी गर्दैछन् ।

त्यो तयारीमा नेत्रविक्रम चन्द उपाध्यक्ष, जनार्दन शर्मा महासचिव हुने भन्ने थियो । झलनाथ विचार र सिद्धान्तमा लडेका छन् । झलनाथले जबज एमालेको अध्यक्ष केपीको पेवा बनेको बताउँदै गर्दा अध्यक्ष नेपालले हस्तक्षेप गरेर समितिले प्रतिवेदन तयार गर्न लागेको बेला जबज त्याग्न हुन्न, समाजवादमा तत्काल पुग्न सकिँदैन भन्ने तर्क गर्दैछन् । यो कम्युनिष्टहरूको रोग नै हो ।

नेकपा मसाल ९१ वर्षीय वृद्धको अधीनमा छ । मोहन वैद्यको नेकपा एकीकृत मृत्यु सैयामा पुगिसकेको छ । तर नेकपा एकीकृत समाजवादीमा झलनाथ खनाल महासचिव घनश्याम भुसाल बाहेक समाजवादमा पार्टी लैजानुपर्छ भन्नेको शक्ति कमजोर छ । त्यसै कारण माधवले नेकपा माओवादी केन्द्रका अध्यक्षबाट सप्र्राइज लिने तयारी गर्दा नगर्दै पार्टी शिथिल छ । माओवादीहरु एमालेमै गइसक्थे । झलनाथ खनालले निहुँ खोज्दा पहिला पार्टी छाडेर गए हुन्छ भन्ने माधव नेपाल र पुष्पकमलका बीचमा बारम्बार एकताका कुरा आएका छन् । झलनाथका कारण रोकिएको एक वर्षे लामो केन्द्रीय कमिटीको बैठक समेत अनिश्चित बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *