काठमाडौं । लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ आठ गते आईतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
थारू समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

