नेपालको विद्युत् ११ सय मेगावाटभन्दा बढी निर्यात

अर्थ/वाणिज्य समाचार

काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ ।

यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको हो । यसअघि अनुमति प्राप्त मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता एक हजार दश दशमलव नौ मेगावाट पुगेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लो पटक २६ साउनमा भारत सरकारले दुई सय मेगावाटका लागि अनुमति प्रदान गरेकोमा बिहीबार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । यसअन्तर्गत ४८ दशमलव पाँच मेगावाटको मेवा खोला र ३१ दशमलव ०४ मेगावाटको करुवा सेती हाइड्रो पावरबाट उत्पादित विद्युत भारत निर्यात हुनेछ ।

यो अनुमति दुईपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त भएको र यो २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म कायम रहने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *