काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका इकुमा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ । यसपटक पहिरोले इकुमा मात्र चारपटक सडक अवरुद्ध भइसकेको छ । यसअघि पनि पहिरोका कारण गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

