आर्थिक वर्ष ०८१/८२ मा रेमिटेन्स १९ दशमलव दुई प्रतिशतले वृद्वि

अर्थ/वाणिज्य समाचार


काठमाडौं ।
आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को देशको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स बढेर एक हजार सात सय२३ अर्ब २७ करोड पुगेको छ ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक सय ८९ अर्ब ११ करोड रहेको छ । त्यस्तै अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक सय १७ अर्ब ७८ करोड रहेको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव तीन प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक हजार आठ सय ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय एक हजार पाँच सय७१ अर्ब २४ करोड रहेको थियो ।

त्यसैगरी समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या पाँच लाख पाँच हजार नौ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार
एक हजार ९५ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *