नेपाल रेडक्रस सोसाइटीले हैजा तथा झाडापखाला सङ्क्रमण रोक्न प्रतिकार्यको सुरूवात

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले वीरगञ्जमा फैलिएको हैजा तथा झाडापखाला सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य सुरूवात गरेको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आपतकालीन विपद् कोषको आर्थिक एवं प्राविधिक सहयोगमा प्रतिकार्यलाई द्रुत अगाडि बढाइएको हो । पर्सा जिल्ला शाखामार्फत प्रभावित समुदायका घरघरमा पुगेर झाडापखाला तथा सम्भावित हैजाबाट बच्ने उपायहरूसहित सरसफाइ तथा स्वच्छता प्रवर्द्धन, खानेपानी शुद्धीकरण, हात धुने अभ्यास सहजीकरण र बिरामीलाई स्वास्थ्य केन्द्रसम्म लैजान सहयोग गर्ने उद्देश्यले ३० जना सङ्क्रमण नियन्त्रण स्वयंसेवकहरूलाई अभिभुखिकरण गरी परिचालन गरिएको छ ।

यसका अतिरिक्त स्थानीयस्तरमा समन्वय गरी स्वयंसेवकमार्फत जीवनजल, सरसफाइ सामग्री र खानेपानी शुद्धीकरण गर्ने विधिसहित क्लोरिन उपलब्ध गराएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखामार्फत तीन सय प्याकेट जीवनजल सम्भावित हैजा नियन्त्रणका लागि उपचार गरिरहेका अस्पतालहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *