हामी आजबाट १५ वर्षमा प्रवेश

राजनीति लेख

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भइसकेपछि मिसन पत्रकारिता गर्ने पत्रकारहरु विस्तापित हुँदै गएका छन् । हिजोका दिनमा पत्रकारहरुले देशमा लोकतन्त्र ल्याउनको लागि अहंम भूमिका खेलेका थिए । राजनीतिक दलहरुले गरेका हरेक आन्दोलन सफल बनाउनको लागि पत्रकारले ज्यानको बाजी राखेर कमल चलाए ।

दलहरुका आवाजलाई जनतासम्म पु-याएर सुसूचित गर्ने काम पत्रकारहरुले गरेका थिए । तिनै पत्रकारहरुलाई देशमा गणतान्त्रिक व्यवस्था लागु भएपछि एकपछि अर्को बहानामा दुःख दिने काम भइरहेको छ । पञ्चायत व्यवस्थाविरुद्ध दलहरुले आन्दोलन गर्दा नेताहरु पत्रकारहरुको सहारा लिने गर्दथे । आज तिनै नेता, सांसद, मन्त्री र राष्ट्रप्रमुख बनेका छन् । तर, सिमन पत्रकारिता गरेर दल र तिनका नेतालाई सफल बनाउन रातदिन नभनी लागिपरेका पत्रकारलाई तिनै नेताबाट आज विस्थापित गर्ने काम हुँदै आएको छ । पञ्चायत व्यवस्थाविरुद्ध समाचार सम्प्रेषण गर्ने अधिकांश पुराना पत्रपत्रिकाहरु पत्रिकाहरु बन्द भइसकेका छन् ।

केही सञ्चालन रहेका साप्ताहिक पत्रिका पनि बन्द हुने अवस्थामा पुगेका छन् । ती पत्रिकाहरुलाई राज्यले दिँदै आएको लोककणकारी विज्ञापन पनि विभिन्न बहानामा कटाउने हर्कत हुँदै आएको छ । त्योसँगै बहुदलीय व्यवस्था आइसकेपछि सञ्चालनमा आएका विभिन्न साप्ताहिक, दैनिक, पाक्षिक र मासिक पत्रपत्रिकाहरु पनि मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि कतिपय बन्द भइसकेका छन् भने केही सञ्चालनमा रहेका पनि बन्द हुने अवस्थातिर धकेलिँदै छन् ।

एकातिर ती पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम सरकारले बढाएर दिन सकेको छैन अर्कोतिर त्यही रकममा करबाहेक ३ प्रतिशत कटाएर पत्रकारलाई निरुत्साहित बनाउने काम गरिएको छ ।

त्योसँगै सरकारी कार्यालयदेखि सरकारको स्वामित्वमा रहेका संस्थाहरुले दिँदै आएको सूचनाहरु पनि बन्द गरिएको छ । सरकारले पत्रपत्रिकालाई दिँदै आएको सूचना बन्द गर्नु भनेको सर्वसाधारण जनता सूचनाको हकबाट बञ्चित हुनु हो । त्यसले गर्दा विशेष गरी छापामाध्यमहरु बढी जोखिममा परेका छन् । त्यो पक्तिमा तामाको शन्देश साप्ताहिक परेको छ । तामाकोशी सन्देश विगत १४ वर्ष अगाडिदेखि राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा सूचना प्रवाह गरी नियमित प्रकाशित हुँदै आएको छ ।

तामाकोशी सन्देशले आजबाट १५ वर्षको आफ्नो यात्रा तय गर्दै छ । तामाकोशीले आफ्नो १४ वर्षको अवधिमा भ्रष्टाचार, विकृति, विसंगति र बेथितिविरुद्ध खरो रुपमा कलम चलाउँदै आएको छ । आगामी दिनहरुमा पनि राष्ट्र, राष्ट्रियता र सर्वसाधारणको आवाज बुलन्द बनाउँदै भ्रष्टाचार र बेथितिविरुद्ध खरो उत्रने प्रण गर्दछ । तर, तामाकोशी सन्देश जस्ता सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गर्ने साप्ताहिक पत्रपत्रिकाहरु सरकार, जनप्रतिनिधि, विचौलिया र माफियाहरुको आँखाको कसिङ्गर बन्न पुगेका छन् । त्यसले गर्दा पनि साप्ताहिक पत्रपत्रिकाहरु ओझेलमा पर्दै गएका हुन् ।

जीवनभर पत्रकारिता गर्ने पत्रकार मारमा परेका छन् भने पत्रकारिताको नाममा सामाजिक सञ्जाल रंग्याएर हिड्नेहरु मालामाल भइरहेका छन् । त्योसँगै चाकडी, चाप्लुसी गर्ने, वार्षिक उत्सव मनाउने र पैसा दिनेलाई अवार्ड वितरण गर्नेहरुको हालीमुहाली त्यत्तिकै छ । उता, विज्ञापन दिने दाताहरुले पनि यस्तै प्रकृतिका पत्रहरुलाई रोज्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *