अवकाशको उमेरहद ६० पुर्याउँदा मुख्यसचिव अर्याल सहित विभिन्न तहका सचिवहरुको पनि कार्यकाल लम्बिने

प्रशासन समाचार

काठमाडौं । संघीय निजामती सेवा विधेयक ऐनमा ५८ वर्षे अवकाशको उमेरहद हटाएर ६० मा पुर्याउँदा फाइदा मुख्यसचिव एकनारायण अर्याल सहित नौ जना सचिवसहित,सहसचिव र उपसचिवहरुलाई हुने भएको छ ।

किनकी आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जान लागेका अर्याललाई फाइदा हुने गरी संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीको अनिवार्य अवकाश ५८ बाट ६० वर्ष पुर्याउने भएको हो ।

अर्याल २०८१ साल भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए । मुख्यसचिवको कार्यकाल २ वर्ष कायम गर्ने विषयमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सहमत भएको छ । यो प्रावधान प्रतिनिधि सभाले समेत पारित गरेर पठाएको हो ।

विधेयकमा टुंगिन बाँकी विषय आज टुंगो लगाएर राष्ट्रिय सभामा पेस गर्ने तयारी छ । यदि विधेयक ऐनमा रुपान्तरित भएको वर्ष अनिवार्य अवकाशको उमेर हद ५९ वर्ष बनाइए नौ सचिवसहित सहसचिव र उपसचिवहरुको समेत कार्यकाल लम्बिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *