सिडिओदेखि मुख्यसचिव हुँदासमेत अर्यालको अनेक हर्कत

राजनीति समाचार

काठमाडौं । मुख्यसविच एकनारायण अर्याल आफ्नो जिम्मेवारी अनुसारको काम गर्नेभन्दा पनि सेटिङ मिलाउन माहिर कर्मचारीमा गनिन्छन् । मुख्यसचिव अर्यालकै कारण कर्मचारी तन्त्रभित्र भाडभैलो भएको छ । किन कि मुख्यसचिव अर्यालयकै कारण निजमती एने ओझेलमा परेको र ‘कुलिङ अफ पिरियड’मा खेलवाड गरी राज्य व्यवस्था समितिका तत्कालीन सभापति तथा सांसद रामहरि खतिवडालाई राजीनामा दिन बाध्य पारेको कांग्रेस निकट कर्मचारीहरुको आरोप छ ।

अर्यालले कांग्रेस निकट कर्मचारीलाई छानीछानी पाखा लगाउने र एमाले निकट कर्मचारीलाई मालदार ठाउँमा पु¥याएर कमाउधन्दा सञ्चालन गरेको आरोप पनि लाग्दै आएको छ । अर्याल आफूलाई सधैं हिरो ठान्ने र अरुलाई बदनाम गर्न विभिन्न पत्रपत्रिकामा समाचार लेखाउने व्यक्ति पनि हुन् । अर्यालले मुख्यचिव हुनु अगाडि एकजना हराइरहेका (काले तामाङ उर्फ प्रकाश तामाङ)लाई २०८१ भदौ १३ गते मध्यरातमा नागरिकता दिलाएर नाटक मञ्चन गरेका थिए ।

एक त निज व्यक्तिको छानबिन नगरी रातिको समय पारेर एकाएक नागरिकता दिन भोजपुरका सिडिओ नरबहादुर थापालाई आदेश दिनु कति उचित थियो ? त्यो नाटक देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रभावमा पारेर मुख्यसचिवको पद हात पार्न अर्याल सफल भएका थिए । त्यसैगरी आफू मुख्यसचिव बन्नको लागि तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई टेरामक्स काण्डमा फसाउने काम गरेको स्रोतले उल्लेख गरेको छ ।

त्योसँगै काठमाडौंको तत्कालीन सिडिओ हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मितालाई थर परिवर्तन गरी दाहाल थर बनाएर भारतीय नागरिककी छोरीलाई नेपाली नागरिकता दिलाएको बताइन्छ । अर्यालले प्रचण्डकी नातिनी भएकै कारण शक्तिको आडमा भारतीय नागरिक प्रधानकी छोरी स्मिता प्रधानलाई दाहाल थर राखेर नेपाली नागरिकता दिएको आशंका गरिएको छ । जब कि पुष्पकमल दाहालको छोरीपट्टिकी नातिनीको थर आफ्नो थरसँग मिल्ने गरी दाहाल राख्न कसरी मेल खान्छ ।

प्रचण्डकी नातिनी हुँदैमा भारतमा जन्मिएकी स्मितालाई मावली हजुर बाबुको थर दाहाल राखेर नेपाली नागरिकता बनाइदिनु कति उचित थियो । पद, पैसा र शक्ति भएका व्यक्तिका छोराछोरी, तातिनातिनीहरु विदेशमा जन्मिए तापनि थर परिवर्तन गरेर वंशजको आधारमा नेपाली नागरिक दिन उचित हुन्छ ? पहुँच र शक्ति भएका व्यक्तिले विदेशमा जन्मिएको भएपनि आफूले चाहेको थर राखेर नेपाली नागरिकता लिने गरेका छन् ।

तर, स्वदेशमै जन्मिएका बाबु पहिचान नभएका सर्वसाधारण नेपालीले आमाको थरबाट नागरिक पाएका छैनन् । सर्वोच्च अदालतले आमाको थरबाट नागरिकता पाउने व्यवस्था गरे तापनि व्यवहारमा लागु भइसकेको अवस्था छैन । तर, भारतमा जन्मिएकी प्रचण्डकी नातिनीले देश र थर परिवर्तन गरेर नेपाली नागरिकता कसरी प्राप्त गरिन् ? त्यो रहस्यको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *