काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको कुराले मात्र भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा लिङ्देनले प्रधानमन्त्रीकै आसपासका मान्छेहरु नै भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका हुन् । गठबन्धन सरकारको ६ महिने कार्यकालमा प्रधानमन्त्रीकै वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड-करोड अफर गरिरहँदा प्रधानमन्त्री यसबारे बेखबर हुनु या थाहा नपाए जस्तो गर्नुनै आश्चार्य चकित परेको उनले बताएका छन् । लिङ्देनले सम्बोधनका क्रममा प्रधानमन्त्रीलाई उदृत गर्दै भ्रष्टाचार गर्दिन त भन्नुभयो तर, तपाईंले गर्नुहुन्छ हुँदैन थाहा छैन, तपाईंकै वरिपरिकाले चाहिँ भ्रष्टाचार गरिरहेका छन् भनि उदृत गरेका छन् ।
‘