कांग्रेसले सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने तयारी

देश/विदेश राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसले प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ ।

पोखरामा २० गतेदेखि २३ गतेसम्म पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम, कर्तव्यका साथै सुदृढीकरण र रणनीतिको योजनाबारे कांग्रेसले कार्यक्रम राखेको हो । पोखरा महानगर सम्मेलन २० गतेदेखि हुनेभएकाले कांग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु सहभागी हुने र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएकोले २३ गतेसम्म कार्यक्रम गरेर पोखरामा घोषणा पत्र जारी गर्ने हुँदा कसरी सार्वजनिक गर्ने भन्ने तय नभएको कांग्रेसका एक अधिवक्ताले जानकारी दिएका छन् ।

केन्द्रीय सभापतिदेखि महामन्त्रीद्वयसहित पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्य सबै पोखरामा उपस्थित हुनेछन् ,भने महामन्त्रीसहित पदाधिकारी २३ गतेसम्मै प्रशिक्षण कार्यक्रममा रहने तालिका रहेको अधिवक्ताले उल्लेख गरेका छन् । पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने भएकोले कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

२२ गते बिहान जिल्ला जिल्लाबाट आउने सभापतिहरुलाई कास्की पार्टी कार्यालयमा स्वागत तथा ब्रेकफास्ट राखेपछि पोखराको एसआर केसी क्याटरिङमा उद्घाटन सत्र लगत्तै प्रशिक्षण तथा अभिमुखीकरणको सत्र चल्ने कार्यक्रम रहेको व्यवस्थापक समितिले जनाएका छन् । पर्यटन र जलवायु परिवर्तनलाई जोड्दै फेवाबाट घोषणापत्र जारी गर्ने योजना बनाइएको भएपनि शीर्ष नेतृत्वसँग छलफलकै क्रममा रहेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *