अमेरिकामा एक प्राइभेट विमान दुर्घटनाहुँदा ६ जनाको मृत्यु

देश/विदेश विविध समाचार

काठमाडौं । अमेरिकामा एक प्राइभेट विमान दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमानमा सवार चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना दुर्घटनामा परेका जनाइएकोे हो । अमेरिकाको उड्डयन विभागका अनुसार शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै एक प्राइभेट विमान दुर्घटना भएको बताएका छन् ।

विमान तीव्र गतिमा खसेर घना बस्ती भएको सहरमा बजारिएको थियो । तत्कालै जहाजमा आगो लागेर विस्फोट भएको थियो । विमानमा सवार सबै जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *