प्रहरीभित्र एमाले र कांग्रेसको भागवण्डा

राजनीति समाचार

काठमाडौँ । माफियाहरूको प्रचार सत्य नभएपछि आज नेपाल प्रहरीले संगठनमा कमजोर भएपनि चन्द्रकुवेर खापुङलाई नयाँ आइजीपीका रुपमा पाउँदैछ । सरकारले भदौ १३ गते नै उनको सिफारिस गरेको हो । वरियताका आधारमा खापुङले त्यो पद पाउन लागेका हुन् । प्रधानमन्त्री आज चीन भ्रमण सकेर फर्किँदैछन् ।

आइजीपी थापासँगै टेकबहादुर तामाङ र सुदीप गिरी पनि अवकाश हुनेछन् । प्रहरी विधेयकले सेवा अवधि ३० वर्षे कार्यकाल हटाएर उमेरहत ६० वर्षे तोकेको छ । त्यो कार्यान्वयन हुँदा आइजीपी थापाको जागिर अवधि एक वर्ष ६ महिना बढ्न सक्थ्यो । तर अहिले आइजीपी थापा सेवा अवधि ३० वर्ष लागेर अवकाश भएका हुन् । विधेयक यसपटक आउन कठिन छ ।

कर्मचारी र शिक्षा विधेयक नै अलपत्र छन् । हतियार माफिया एवं ऊर्जा बिचौलिया दीपक भट्ट र डा.आरजु राणाका भाइ भूषण राणा र देउवा दरबारमा गणेश मूर्ति उपहार चढाएर नजिक भएका टिम्बर कर्पोरेसनका भ्रष्ट रामचन्द्र भट्टले आइजीपी थापाको सेवा अवधि थप्ने हल्ला चलाए । त्यो हल्ला गत बिहीबार दिनभर चल्यो । त्यो दिन मन्त्रिपरिषद बैठक बस्छ भनियो तर शुक्रबार सम्बोधन गर्नु अगावै मन्त्रिपरिषद्ले खापुङलाई आइजीपीमा सिफारिस गरेको थियो ।

सेड्युल पहिले नै आएको थियो । माफियाहरूको दाउ १ अर्ब ५० करोडको हतियार ठेक्का हात पार्ने गरी आइजीपी थापालाई समय थप्न लगाउँछन् भन्ने थियो । तर मन्त्रिपरिषदमा त्यो प्रसङ्ग आएन, बरु राणा र गृहमन्त्री रमेश लेखकले आइजीपीको म्याद थपको प्रस्ताव लैजाने चर्चा थियो । तर उनीहरूको सक्रियता प्रधानमन्त्रीका अगाडि काम लागेन । प्रहरीभित्र थापालाई दरिलो अडान लिन सक्ने, सत्तापक्ष र विपक्षी मिलाउन सक्ने भनेर चिनिन्छन् । प्रधानमन्त्रीको चाहना खापुङतिर थियो र सिफारिस पनि गरियो ।

आफ्नो ६ महिने अवधिमा आइजीपी थापाबाट जति सकियो, त्यो गरियो भन्ने अवस्था आयो । एआइजी हुँदै शक्ति प्रयोग गर्न सफल थापाले कमजोर आइजीपी बसन्त कुँवरको पावर प्रयोग गरेका हुन् । आज कमजोर एआइजी चन्द्र कुबेर खापुङलाई आइजीपी पद सुम्पँदै छन् ।

उनी तेह्रथुम बासी हुन् । उता गुप्तचरमा २७ भदौमा हुत्तराज थापाको अवकाश पछि टेकेन्द्र कार्की र ओम जोशी मध्ये को प्रमुख हुने निश्चित छैन । संगठनले कार्की रोजेको छ, तर बुढानिलकण्ठले जोशीलाई नै बोकेको चर्चा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *