मालपोत र नापीमा कर्मचारी सरुवामा सेटिङ

राजनीति समाचार

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी नेपाल ट्रष्टको अध्यक्षसमेत रहेका छन् । मन्त्री अधिकारी नेपाल ट्रष्टको अध्यक्ष भएसँगै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरेका थिए । भूमि विधेयक पारित भएसँगै जसपा नेपाल आन्दोलनमा उत्रिएको छ । त्यो आन्दोलनले गर्दा भूमिमन्त्री अधिकारीले पारित गरेको भूमि विधेयक २०८२ तुहिने सम्भावना देखिन्छ ।

अधिकारीले एमाले महासचिव शंकर पोखरेलको समेत बद्नाम गरेका छन् । किन कि अधिकारी महासचिव पोखरेलको कोटाबाट भूमि मन्त्री बनेका थिए । मन्त्री अधिकारीको जागिर पनि चैट हुने सम्भावना त्यत्तिकै छ । किन कि अधिकारी भूमिमन्त्री भएदेखि नै भ्रष्टाचार र अनियमितता गर्न विचौलिया प्रयोग गरेको आरोप खेप्दै आएका छन् । त्योसँगै कर्मचारी सरुवा, बढुवामा ठूलो मात्रामा रकम चलखेल गरेको समाचार सञ्चार माध्यममा नआएका होइनन् । नेपालीहरुको महान चाड नजिकिँदै गर्दा सरकारले विभिन्न मन्त्रालय, आयोजना, प्रदेश र स्थानीय तहमा कर्मचारी सरुवा गरिरहेको छ ।

भूमि तथा अभिलेख विभागले असोज १५ गतेभित्र देशैभरका मालपोत कार्यालयका कर्मचारी सरुवा गर्ने गर्छ भने नापी विभागले पनि नापीका कर्मचारी सरुवा गर्ने चलन छ । सोही चलन अनुसार मन्त्री अधिकारीले नापी र मालपोतका महानिर्देशकहरुलाई कर्मचारी सरुवाबाट सहयोग गर्न र केही रकम असुली गरी पार्टीलाई सहयोग गर्न उर्दी चलाएको स्रोतको दावी छ । मालपोत र नापी विभागका महानिर्देशहरुले दशैं अगाडि कर्मचारी सरुवा गरिसकेपछि दशैंपछि उनीहरुलाई मन्त्रालयमा तानेर नापी र मालपोत विभागमा नयाँ महानिर्देशक खटाउने तयारीमा मन्त्री अधिकारी लागि परेको बताइन्छ ।

भूमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मीलाई दशैं पछाडि मन्त्रालयमा तानेर मन्त्रालयका भूमि प्रशासनमा रहेका मदन कोइरालालाई भूमि तथा अभिलेख विभागको महानिर्देशक बनाउने तरखर गरिँदै छ । उता नापी विभागका महानिर्देशक प्रकाश जोशीको ठाउँमा अन्य कर्मचारी पठाउनको लागि मन्त्रीका विश्वास पात्र खाजिँदै छ । त्यसले गर्दा भूमि मन्त्री अधिकारी दिनप्रतिदिन बदनाम हुँदै गएका छन् । बदनाम मात्रै भएका छैनन् उनको राजनितिक क्रेज पनि खस्किँदै गएको छ । मालदार नापी र मालपोत कार्यालयमा कर्मचारी सरुवामा ठूलो रकमको सेटिङ चलिरहेको स्रोतले उल्लेख गरेको छ । नचलोस् पनि किन ? मन्त्री फेरबदल गर्ने हल्लाले दाहाल कमाउने धन्दामा लागिपरेका छन् ।

मन्त्री अधिकारी भन्दा मन्त्रीका सचिवालयका कर्मचारीहरुको हालीमुहाली बढि चलिरहेको छ । मन्त्री अधिकारीका सचिवलयका कर्मचारीहरुले मन्त्रालयका केही खेलाडी कर्मचारीहरुको इसारामा चल्ने गरेका छन् । उनीहरुकै इसारामा कर्मचारी सरुवाको खेलोफड्को हुने गरेको छ । अर्कोतर्फ विचौलिया प्रमोद खड्काले सामान्य प्रशासनदेखि भूमिसम्ममा सेटिङ मिलाएर कुन कर्मचारीलाई कुन ठाउँमा पठाउने भन्ने योजना बनाउने र बेलुका भएपछि मन्त्रीको क्वाटरमा कोशेली पु¥याउने निहुँमा मन्त्रीसँग भलाकुसारी गर्ने र संघीय र भूमि मन्त्रालयमा कुन कर्मचारी फिट गर्ने भन्ने विषयमा कुराकानी हुने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *