भट्टराई करोडौं खर्च गर्दै सचिव बन्दै

राजनीति समाचार

काठमाडौं । वैदेशिक रोजगार विभागमा दिनप्रतिदिन ठगीका मुद्दाको चाङ लाग्दै गएको छ । ठगीका मुद्दाको चाङसँगै कमाउधन्दा पनि त्यत्तिकै फस्टाएको छ । महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगार विभागलाई सुधार गर्ने भन्दै पत्रकार सम्मेलन गरेर सस्तो लोकप्रियताको प्रचारवाजी गर्दै आएका छन् ।

प्रचारको नाममा गत साउनदेखि भदौसम्म आइपुग्दा संस्था दर्ता, नविकरण, अनुगमन र वर्षमा सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीहरुको नविकरण गरिदिएबापत करिव डेढ अर्ब रुपैयाँ उठाइसकेको स्रोतले उल्लेख गरेको छ । महानिर्देशक भट्टराईलाई साथ दिँदै आएका वैदेशिक रोजगार विभागकै सूचना अधिकारी उप–सचिव टिकाराम ढकाल लागिपरेका छन् । महानिर्देशक भट्टाराई र ढकालको सेटिङ देखेर अन्य कर्मचारीहरु आजित भएका छन् ।

भट्टराईको निर्देशनमा ढकालले देशैभरिका म्यानपावर कम्पनीको अनुगमन गरी अर्बौं उठाइएको बताइन्छ । महानिर्देशक भट्टराई सचिवमा बढुवा हुनको लागि न्वारनदेखि बल निकालेर लागिपरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका भएकाले पनि भट्टराई सचिवमा बढुवा हुन मुख्यसचिवको चाकडीसँगै शक्तिकेन्द्रमा दौडधूप गरिरहेका छन् । भट्टराईले “त्यहीँ म्यानपावर कम्पनीहरुबाट उठाएको डेढ अर्ब रुपैयाँ त खर्च हुने हो नि, तर सचिवमा बढुवा भइहाल्छु” भन्दै हिड्ने गरेको स्रोतको भनाइ छ । भट्टराई २०७१ सालमा सह–सचिवमा बढुवा भएका थिए ।

सह–सचिव हुनेबित्तिकै विभिन्न मालदार अड्डादेखि भन्सार विभाग हुँदै विभिन्न स्थानमा बसेर अकुत सम्पत्ति आर्जन गरेका थिए । उनी भन्सार विभागमा रहँदा अर्थ सचिव थिए उनै कृष्णहरि पुस्कर कर्ण अर्थसचिव थिए । तत्कालीन अर्थसचिव कर्णको भरोसा र सहयोगमा भन्सार विभागमा बसेर भट्टराईले अकुत सम्पत्ति आर्जन गरेको बताइन्छ । भट्टराईले भन्सारबाट परराष्ट्र, पर्यटन, सामान्य प्रशासन, सम्पत्ति सुद्धिकरण जस्ता मालदार ठाउँमा बसेर पुस्तौंलाई पुग्ने सम्पत्ति अवैध रुपमा आर्जन गरेको कर्मचारी स्रोतले उल्लेख गरेको छ ।

त्यसरी आर्जन गरेको केही पैसा खर्च गरेर भएपनि भट्टराई सचिव बढुवा हुन लागिपरेका छन् । यतिबेला दुईवटा सचिव पद रिक्त रहेका छन् । वित्तीय आयोगबाट सचिव भरतमणि सुवेदीले राजीनामा दिएका छन् भने ऊर्जा सचिव सुरेश आचार्य उमेर हतको कारण अवकास प्राप्त भएका छन् । आचार्यको अवकास भएपछि ऊर्जा सचिव खाली रहेको छ । उता, शिक्षा मन्त्रालयका शिक्षा समूहका सह–सचिव कृष्ण प्रसाद काप्री पनि सचिव हुनको लागि दौडधूप गरिरहेका छन् ।

त्यसैगरी लम्बिनी प्रदेश सचिव खगेन्द्र सुवेदी पनि आजबाट अवकासमा जाँदैछन् । सिनियरको हिसाबमा श्रम मन्त्रालयका सह–सचिव डन्डुराज घिमिरे सचिवमा बढुवा हुनुपर्ने थियो । तर, सरकारले घिमिरेलाई पटक–पटक पछि पार्दै लगेको छ । घिमिरे पहिलै सचिव बन्नुपर्ने थियो । तर, उनलाई पछि पार्दै जुनियरलाई अगाडि ल्याएर सरकारले सचिव बढुवा गरिरहेको छ । त्यसले गर्दा घिमिरे पछि परेको कर्मचारीहरुले नै बताउन थालेका छन् । तर, यसपालि घिमिरेले न्याय पाउने आशा पनि गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *