पोखराबाट आजपनि पर्यटक गाडीको स्कर्टिङ, काठमाडौ र चितवन पुर्याइयो ६ सय यात्रु

विविध समाचार

काठमाडौं । पोखराबाट चितवन तथा काठमाडौं आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ ।

२० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौं र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको प्रहरीले जानकारी दिएको हो । यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलिले स्कर्टिङ गरेको हो । ती सवारीसाधनमा ६ सय बढी यात्रुहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *