संविधानको रक्षामा उभिन विद्यार्थी संगठनको विभिन्न ठाउँमा प्रदर्शनी

विविध समाचार

काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् ।

काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउने भन्दै अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *