गृहप्रशासन निकम्मा बन्दा देशमा ठूलो जनधनको क्षति

विविध समाचार

काठमाडौं । अस्ति सोमबार जेन–जी पुस्ताले महंगी, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्दविरुद्ध प्रदर्शनमा उत्रिँदा दर्जनौं विद्यार्थीहरुले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।

जेनजी पुस्ताले शान्तिपूर्ण ढंगले विरोध प्रर्दशन गरिरहेको बेलामा गृहप्रशासनले सुरक्षा व्यवस्थापन गर्न नसक्दा हिंसा भड्कन पुगेको थियो । गृहमन्त्री रमेख लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र काठमाडौं जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको गैरजिम्मेवार र निकम्मापनले गर्दा देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ ।

सिडिओ रिजालले लामो समयदेखि गृहमन्त्रालयमा बसेर भिजिट भिषा, सुनतस्करी र अवैध कारोवार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी एयरपोर्ट अध्यागमन कार्यालयदेखि भन्सार कार्यालयसम्ममा सेटिङ मिलाएर अकुत सम्पत्ति आर्जन गरेको स्रोतले उल्लेख गरेको छ । उक्त कार्यमा रिजाललाई गृहसचिव दुवाडीले साथ दिँदै आएका थिए । किन कि रिजाल गृहमन्त्रालयमा बस्दा देशैभरिका सीडीओ सरुवादेखि अध्यागमन कार्यालयमा कर्मचारी सरुवाको सेटिङ गरेर कमाउधन्दा चलाउँदै आएको बताइन्छ । उनै रिजालले गृहमन्त्री लेखक र सचिव दुवाडीलाई मोटो रकम टक्र्याएर काठमाडौंको सीडीओ हुन सफल भएका थिए ।

काठमाडौंको सीडीओ बन्दा घूसको कुनै निश्चित मूल्य हुँदैन जसले जति धेरै टक्र्याउन सक्छ ऊ नै सिडियो बन्ने हो । सिडिओले कुनै मुद्दा मामिलाको धरौटी र जरिवना तोक्दा नियम कानूनको भरमा चल्ने गर्छ । उनै सिडिओले धज्जी उडाउँदै मौखिक आदेशको भरमा मनलाग्दी तोक्ने गर्दछन् । सिडिओकैं आदेशमा पैसाको लेनदेनमा पीडितलाई अन्याय र पीडकलाई न्याय दिने काम हुँदै आएको बताइन्छ । काठमाडौंका सिडिओले उपत्यकाभित्र हुने गरेका चोरी, तस्करी, ज्यानमारा, डकैती, गुण्डागर्दी, बलात्कार, लागुऔषधि कारोबार, हातहतियार खरिदविक्रीलगायतका मुद्दामा धरौटी र जरिवाना तिराउने नाममा करोडौंको असुलीधन्दा चलाउने गर्दछन् ।

त्यसरी आर्जन गरेको धनको उन्मादले गर्दा काठमाडौंका सिडिओ रिजालले शान्तिपूर्ण विरोध प्रर्दन गरेका जेन–जी पुस्तामाथि गोली हान्ने आदेश दिँदा प्रहरीहरुले जथाभावी गोली चलाएर दर्जनौं प्रदर्शनकारीको मृत्यु हुन पुगेको छ । उता, प्रहरी प्रधान कार्यालय नजिकै प्रहरीले गोली चलाएर मान्छे मारिरहँदा प्रहरी महानिरीक्षक खापुङ बेखर बनेर बसिरहेका थिए । किन कि जेन–जी पुस्ताले २३ गते सोमबार आन्दोलन गर्ने घोषण तीन दिन अगाडिदेखि नै गरेका थिए । त्यसको व्यवस्थापन गर्नको लागि मन्त्री, सचिव, प्रहरी महानिरीक्षक र सिडिओ रिजालले अघिल्लै दिन सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने थियो । त्योसँगै यरिया छुट्ट्याएर सुरक्षाकर्मी तैनाथ गरी निषेधाज्ञा जारी गर्नुपर्ने थियो ।

त्यो काम गर्न गृहप्रशासन चुकेको देखिन्छ । सिडिओ रिजालले पनि पर्याप्त सुरक्षाकर्मी परिचालन गरेर अस्रुग्याँस र पानीको फोहोरा प्रयोग गरी भीड तितरवितर पार्नुपर्नेमा गोली हान्ने आदेश दिएर जनधनको क्षति पु¥याउने काम गरेका छन् । जिल्ला प्रशासन चलाउने अनुभव र क्षमता नभएका रिजाललाई गृहमन्त्री लेखक र सचिव दुवाडीले देशको राजधानी काठमाडौं जस्ता महत्वपूर्ण जिल्लाको सीडीओको जिम्मेवारी दिँदा यस्तो दूर्गति देशले भोग्नु प¥योे । काठमाडौंसँगै अन्य जिल्लामा पनि योग्यता, अनुभव र क्षमताभन्दा सोर्सफोर्स, पैसा र पावरको भरमा सिडियो नियुक्ति गर्दा ठूलो जनधनको क्षति हुन पुगेको छ ।

नेपाल प्रहरीले एकातिर जनताको जिउधनको सुरक्षा गर्न सकेको छैन, अर्कोतिर खापुङ प्रहरी महानिरीक्षक भएको हप्ता दिन नपुग्दै देशमा सभ्य नागरिकको पहिचान बनाउने भन्दै खाना पकाउँदा सिठ्ठी लगाउनु नहुने, सवारी चालकले हर्न बजाउनु नहुने, ठूलो स्वरले खोक्नु नहुने, पूजापाठ गर्दा घण्ट, शंख बजाउनु नहुने, ठूलो स्वरले भजनकीर्तन गर्नुनहुने, विवाह उत्सवमा बाजा बजाउनुनहुने, पुराण, पूजा, रुद्री लगाउँदा सानो स्वरले पढ्नुपर्ने, नाचगान गर्दा अर्को घरकाले सुन्न नहुने, धारोमा पानी र सौचालयमा फ्लस चलाउँदा अर्को घरकाले सुन्नु नहुनेलगायतका बकमफुसे नारा ल्याएर जनतामा भ्रम फैलाउने काम गरेका थिए । तर, जनतालाई शान्तिसुरक्षा र अमनचय कसरी दिन सकिन्छ भन्ने सोच महानिरीक्षक खापुङमा देखाउन सकेनन् । खापुङ प्रहरी महानिरीक्षक भएको हप्तादिन नपुग्दै देशैभर हिंसा भड्किँदा पनि चुपचाप बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *