अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल सुरु

विविध समाचार

काठमाडौं । दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबीच छलफल सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि छलफल सुरु भएको हो । मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिसहित सहभागी छन् ।

छलफलका क्रममा आन्दोलनपछि सिर्जित परिस्थितिमा यातायातको सहज सञ्चालन, अग्रिम टिकट बुकिङ लगायतका विषयमा छलफल हुने महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *