झापा इनर्जी लिमिटेडले आजसम्म आईपीओमा आवेदन दिन सकिने

अर्थ/वाणिज्य कर्पोरेट समाचार

काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ ।

कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेनजीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको हो । कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सकिने भएकोछ । कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावितलाई तीन लाख ८० हजार एक सय९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर बिक्री गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *