काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न गरेकी छन् ।अर्यालले नक्सालाई संविधानको अनुसूचीमा अङ्कित संसद्ले राष्ट्रिय सहमतिमा पास गरेको, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकता दस्ताबेज हो भनेर जिकिर गरेकी छिन् ।
यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको कार्यकक्षमा नक्सा नै राख्न नभ्याइएको बताएको छ ।

