काठमाडौं । देउवा दरबार भ्रष्टाचारको अखडा भएको छ । हिल्टन होटल र सेनीटेरी प्याड काण्ड मच्चिइरहँदा नक्कली भुटानी शरणार्थी प्रकरणले देउवा दम्पत्ति बदनाम भएका छन् । तीनै बद्नामी पात्रलाई ओली सरकारमा परराष्ट्र मन्त्रालय सुम्पेपछिका दिनहरुले नेपालको कुटनीतिक क्षेत्रसमेत बद्नाम भएको थियो । त्यो सरकाले जसरी कुटनीतिक क्षेत्र ध्वस्त बनाएको थियो । यस पटक जेनजी सरकारसमेत त्यही बाटो लिँदै छ । काठमाडौं, बर्दिया र कास्की जिल्लामा ७३ रोपनी जमीन खरिद गर्दा रु १ अर्ब भन्दा बढी खर्च गर्दाको श्रोत के हो ? प्रश्न उठ्छ नै ।
भ्रष्टाचार र बेथिती क्यान्सरको रुपमा रहेको राजनीतिले भ्रष्टतन्त्रलाई प्रमुख एजेन्डा बनाएको कुरा देउवा निवासमा आगो लगाउँदा करोडौं खरानी भएको थियो । दीपक खड्का र देउवा निवास जल्नु चानचुने कुरा थिएन । किन कि देउवा विगत लामो समयदेखि देश, जनता र प्रजातन्त्रको लागि मरिमेटेर लागिपरेका व्यक्ति थिए । तर, यदिबेला पत्नी डा. आरजु देउवाकै कारण जनतासामु विवादमा मुछिन पुगेका छन् ।
सभापति देउवाको यो हालत भएपछि कांग्रेसभित्र भावी नेतृत्वको लागि कसलाई अगाडि सार्ने भन्ने हल्ला केहीले गर्न थालेका छन् भने धेरैजसो नेता, कार्यकर्ताहरुले देउवाको विकल्प नभएको अडान लिइरहेका छन् । तर, देउवा आफू पछि हटेर भएपनि पत्नी डा. आरजुलाई अगाडि सार्ने योजना भित्रभित्रै बनाइरहेका छन् । त्यसले गर्दा कांग्रेसभित्र भावी सभापति को बन्छ भन्ने अहिल्यै एकिन गर्ने अवस्था छैन ।
देउवाले पत्नी आरजुलाई पार्टीमा स्थापित गर्न खोजे तापनि निवासमा करोडौं पैसा थन्क्याएर राखेको पाइएपछि नेता, कार्यकर्ताले आलोचना गर्न थालेका छन् । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएपछि सर्वसाधारण जनताबाट केही राहत महसुस गरे तापनि अकुत सम्पत्ति घरमा थन्क्याएर राखेको पाइएपछि आलोचित बन्न पुगेका छन् । एकातिर सभापति देउवा नराम्रो आलोचित भएका छन् भने अर्कोतिर भावी सभापतिको लागि इतरपक्षका नेताहरुबीच आन्तरिक झगडा सुरु हुन थालेको छ । महामन्त्री गगन थापा र डा. शेखर कोइराला सभापति बन्न होडवाजी गरिरहेका छन् । उता, देउवा पक्ष नेता पूर्वबहादुर खड्का आफू भावी सभापति बन्ने योजना बनाइरहेका छन् ।
उता, कृष्णप्रसाद सिटौला पनि भावी सभापति बन्ने योजना बनाइरहेका छन् । पहिला पनि सभापतिको दावेदार थिए । तर, कांग्रेस नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र सिटौलाको भिडन्त हुँदा देउवाको प्रतिस्पर्धामा डा. शेखर कोइराला आएका थिए । दोस्रो निर्वाचनमा सिटौला र प्रकाशमानको सहयोगमा देउवा सभापति हुन सफल भएका थिए । यो लडाईँ आगामी १५ औं महाधिवेशनमा पनि नहोला भन्न सकिँदैन । त्यसले गर्दा डा. शेखर कोइराला र पूर्वाबहादुर खड्काबीच भिडन्त हुने सम्भावना देखिन्छ ।

