काठमाडौं । निजामती कर्मचारी सरुवाको लागि भदौ मसान्तसम्ममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य मन्त्रालयले पनि निजामती नियमावली अनुसार २०५० दफा ३६ बमोजिम सरुवा गर्नुपर्ने हुन्छ । तर, संघीय मन्त्रालयको धज्जी उडाउँदै तत्तत् मन्त्रालय मातहतका कर्मचारीहरु प्रायःजसो सेटिङमा सरुवा हुने गर्दै आएका थिए ।
यो रोग विगतका सरकारदेखि जेनजी सरकारमा समेत सल्किएको छ । पूर्ववर्ती सरकारले सरुवा गरेका कर्मचारीहरुलाई तीनमहिना नपुग्दै जेनजी सरकारले पुनः सरुवा गरेर कर्मचारीतन्त्रभित्र आतंक मच्चाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गत उद्योग विभाग, कम्पनी रजिष्ट्रार कार्यालय र वाणिज्य तथा आपूर्ति विभागजस्ता महत्वपूर्ण कार्यालयमा कर्मचारी सरुवा गरेर आतंक मच्चाएको छ ।
कर्मचारी सरुवामा संघीय मन्त्रालयको नियमबिपरीत विचौलिया र उच्चपदस्थ कर्मचारीहरुको मिलेमतोमा सुगमका कर्मचारीलाई दूर्गम र दूर्गमका कर्मचारीलाई सुगममा सरुवा गरिएको छ । त्यसको उदाहरण लिन सकिन्छ भूमि तथा सहकारी मन्त्रालयलाई । गत भदौ १८ गते भूमि मन्त्रालयले २३ जना नापी प्रमुखहरु सरुवा गरेको थियो । सो सरुवामा भूमि मन्त्रालयकै केही उच्च तहका कर्मचारी र विचौलिया प्रमोद खड्काको योजनामा नापी र मालपोतका कर्मचारी सरुवामा परेको स्रोतले उल्लेख गरेको छ । नापी प्रमुख सरुवामा ठूलो मात्रामा रकम चलखेल भएको सोतको दावी छ ।
भक्तपुरका नापी प्रमुख प्रदीप सापकोटालाई नापी विभाग मिनभवमा सरुवा गरिएको छ । ललितपुरका नापी प्रमुख रमेश ज्ञावलीलाई नापी विभागमै पु¥याइएको छ । केशवराज लेखकलाई नापी कार्यालय कलंकीबाट नापी कार्यालय धनगढी, कैलाली सरुवा गरिएको छ । ज्ञानेन्द्र कुमार विष्टलाई नापी कार्यालय चाबहिलबाट नापी कार्यालय नेपालगञ्ज बाँकेमा सरुवा गरिएको छ । सुनिल आनन्दलाई नापी कार्यालय भद्रपुर झापाबाट नापी विभाग मिनभवन ल्याइएको छ । सत्रुघ्नप्रसाद यादवलाई नाफी कार्यालय दमक झापाबाट नापी कार्यालय इनरुवा, सुनसरीमा सरुवा गरिएको छ ।
हरेराम यादवलाई इनरुवाबाट नापी विभाग मिनभवनमा ल्याइएको छ । खिमबहादुर रानालाई कमवानपुर हेटौंडाबाट नापी विभाग मिनभवनमा सरुवा गरिएको छ । जनक बहादुर भण्डारीलाई पनि कपिलवस्तु तौलिहवाबाट नापी विभाग मिनभवन ल्याइएको छ । जनक राज भट्टलाई कैलाली, धनगढीबाट महेन्द्रनगर, कञ्चनपुर पु¥याइएको छ । किसन सिंह विष्टलाई महेन्द्रनगर, कञ्चनपुरबाट नवलपरासी वर्दघाट सुस्ता पश्चिम पु¥याइएको छ ।
सन्जय मानन्धरलाई सर्लाहीबाट भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखत ल्याइएको छ । सन्जय छतकुलीलाई नापी विभाग मिनभवनबाट नापी कार्यालय चाबहिल, काठमाडौंमा सरुवा गरिएको छ । टंकप्रसाद दाहाललाई नापी विभाग मिनभवनबाट भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा पु¥याइएको छ । सुदर्शन झामीलाई मिनभवनबाट बेलबारी मोरङ पु¥याइएको छ । अजित कुँवरलाई मिनभवनबाट नापी कार्यालय ललितपुर सरुवा गरिएको छ ।
शिव प्रसाद लम्साल नापी विभाग मिनभवनबाट झापा चन्द्रगढी सरुवा भएका छन् । पूर्णप्रसाद पाण्डेलाई नापी विभाग विशेष नापी कार्यालय पाल्पाबाट नापी कार्यालय भक्तपुर ल्याइएको छ । सुदिप श्रेष्ठलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलबाट नापी कार्यालय कलंकी ल्याइएको छ । निशा अधिकारीलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट नापी विभाग मिनभवन काठमाडौंमा पथस्थापन गरिएको छ ।
रमेश प्रसाद गौतमलाई मालपोत कार्यालय भरपुर चितवनबाट मालपोत कार्यालय बर्दिबास, महोत्तरी सरुवा गरिएको छ । चिरञ्जिवी पौडेललाई चन्द्रनिगापुर रौतहटबाट मालपोत कार्यालय भरपुर चितवन सरुवा गरिएको छ । यसरी नापी र मालपोत प्रमुखहरु सरुवा गर्दा करोडौंको चलखेल भएको भूमि मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री अनिलकुमार सिन्हाले त्यस्ता विषयमा ध्यान दिएको पाइँदैन । नापी र मालपोत प्रमुखहरु सरुवा गर्नमा भू–माफिया, विचौलिया प्रमोद खड्का, मालपोत विभागका केही कर्मचारी, नापीका उच्च तहका कर्मचारीसँगै मन्त्रालयका रैथाने कर्मचारीहरुको हालीमुहाली चलेको बताइन्छ ।
त्यसले गर्दा पनि नापी र मालापोत कार्यालयहरुका कर्मचारी सरुवामा व्यापक भ्रष्टाचार भएको स्रोतको दावी छ । भ्रष्टाचार विरोधी आन्दोलनको जगबाट बनेको जेनजी सरकारले पनि कर्मचारी सरुवामा विगतका सरकारले भन्दा बढी खेलोफड्को गरेको पाइन्छ । त्यसले गर्दा जेनजीहरुको भ्रष्टाचार मुक्त सरकार नारामै सीमित भएको छ ।

