निजि बैंकसँगै सरकारी बैंक पनि धरापमा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपालमा च्याउसरी खोलिएका निजि बैकहरु विगत लामो समयदेखि मर्जर हुदैँ आएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, कुमारी बैंक र सनराइज बैंक जस्ता ठुला निजि बैंकहरु मर्जर भएका थिए । तीनै बैंकहरु मर्जर भएसँगै अहिले धरासायी बन्न पुगेका छन् । २०७६ सालको कोरोनापछि अधिकांश मर्जर भएका बैंकहरु घाटामा गएका थिए ।

२०८२ सालसम्म आइपुग्दा कतिपय बैंकहरुले धितो लिलामी विक्री गर्न सकेका छैनन भने बैंकहरुले पैसा लगानी गर्न पनि सकेका छैनन् । अधिकांश मर्जर भएका बैंकहरुले नत समयमा साधारण सभा गर्न सकेका छन् । नत सेयरधनीहरुलाई बोनस र लाभांश दिन नै सकेका छन् । पछिल्लो समय अधिकांश बैंकहरुले ऋण लगानी गर्न नसकेर बैंकमा पैसा थुप्रेर बसेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले गर्दा कतिपय व्यापारीहरुले बैंकको ऋण तिर्न नसकेर छटपटाउन थालेका छन् । व्यापारी, उद्योगी र निर्माण व्यवसायीहरुले धितो राखेको सम्पत्ति लिलामी विक्री सुरु हुन थालेको छ ।

सबैभन्दा बढि धितो लिलामी बिक्रिको सूचना निकाल्ने एनआइसी बैंक, नबिल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा जस्ता बैंकहरुले धितो लिलामीको सूचना सार्वजनिक गरिरहेका छन् । यीनै माथि उल्लेखित मर्जर भएका बैंकहरुको अवस्था दिन प्रतिदिन खस्किदै गएको छ । त्यसले गर्दा बैंकहरुको नाफा कम हुदाँ खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेका छन् ।

एकआपसमा मर्जर भएका बैंकका कर्मचारीहरु र सेयरधनीहरु बीच मनमुटाव बढ्दै गएको छ । कतिपय सेयरधनीहरुले बैंकमा भएको सेयर डुब्ने भएपछि त्यसको लाभांश र बोनस नदिए आफ्नो सेयर निकाल्नु पर्ने आवाज पनि उठ्न थालेका छन् । अर्काेतर्फ वाणिज्य बैंकहरुले नत ऋण लगानी गर्न सकेको छ नत नाफा नै कमाउन सकेको छ । वाणिज्य बैंकहरुले ऋण असुली गर्न नसक्दा नाफा पनि कम हुन थालेको छ । त्यसले गर्दा सरकारीदेखि निजी बैंकहरु धरासायी बन्दै गएका छन् । जेनजी आन्दोलनका क्रममा व्यवसायी संघसंस्थामा आक्रमण हुँदा त्यसको असर निजि बैंकिङदेखि राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमाथि पनि असर पुगेको छ ।

ऋणीहरुले बैंकहरुको सावा व्याज तिर्न नसकेपछि बैंकहरुले आफनो धितो लिलामीको सूचना निकाल्न थालेपछि ऋण्ीहरु छटपटाउन थालेका छन् । तर राष्ट्र बैंक र सरकारले त्यस्ता ऋणीहरुको बारेमा कुनै सहुलियत कर्जा र मिनाहको योजना ल्याएको छैन । त्यसले गर्दा नेपालको अर्थतन्त्र दिनप्रतिदिन ओरालो लाग्दै गएको छ । सर्वसाधारण जनता पनि बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गर्न पछि परेका छन् । २०७२ सालको भूकम्पहुँदै २०७६ साल र २०८२ सालसम्म आईपुग्दा देशको अर्थतन्त्र खस्कदै गएको व्यापार व्यवसायको गुनासो छ।

अधिकाशं व्यापार व्यवसाय गर्नेहरुले व्यवसाय छाडेर बैंकको ऋण तिर्न नसकेपछि आफ्नो भएको थोरै जेथा पनि बैंकमा राखि विदेशतिर जान बाध्य भएका छन् । विदेशीनेहरुले पनि भनेजस्तो काम र राम्रो तलब नपाएको कारण आ–आफ्नो परिवार पाल्नको लागि समस्या परिहरहेकोले कतिपय आत्महत्या गर्ने अवस्थामा पुग्न थालेको व्यवसायीहरुले बताउन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *