कर्मचारी सरुवामा घुस नमिल्दा उपसचिव भिमकान्त माथि मुक्का

राजनीति समाचार

काठमाडौं । जेनजी आन्दोलन पछि राजनीतिक वृत्तमा परिवर्तनको माग संगै कर्मचारी पनि सुधिनु पर्ने माग वढेको थियो तर कर्मचारीतन्त्र उस्तै रसातालमा भासिएको छ । त्यही कारण त जनप्रतिनिधिहरु नै सिंहदरबारमै पुगेर उपसचिवहरुलाई मुक्याउन थालेका छन् । सोमबारमात्र उपसचिव भिमकान्त पौडेलले एक जनप्रतिनिधिको हातबाट कुटाई खाएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखा हेर्दै आएका उनकै कारण धेरै स्थानीय तह निमित्तकै भरमा चलिरहेका छन्। यस अघि भगवती न्यौपाने मन्त्री हुँदा एमाले निकटका यी कर्मचारीलाई सामान्यको स्थानीय तह कर्मचारी प्रशासन फाँट हेर्ने गरी लगिएको थियो ।

त्यहाँ बसेर स्थानीय तहमा गएर का गर्दछु भनेका कर्मचारीलाई नखटाउने, यसअघि सोही पालिकामा बर्ष दिन बिताएक शाखा अधिकृतलाई दोहोऱ्याएर पठाइएपनि सोमबार जनप्रतिनिधिबाटै झण्डै पिटिएक हुन उनी । किस्पाङ्ग गाउँपालिकाक अध्यक्षले उनकै कार्यकक्षमै पुगे उपसचिव पौडेलको कठालो समात्न पुगेका थिए ।

धन्न त्यहाँ शाखा अधिकृत पिताम्बर सारु पनि सँगै थिए र उनले छुट्टाएका कारण कुनै अप्रिय घटना हुन पाएन । उसो त भिमकान्तमाथि पहिला कर्मचारीको सरुवा गरिदिने पछि मोलमोलाई मिलेपछि सरुवा उल्टाउने काम गर्दै आएको आरोप लाग्ने गरेको छ । यस अघि भगवती न्यौपाने हुँदा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्यमा झारिएको थियो ।

अहिले झण्डै १५० बढी स्थानीय तह निमित्तको भरमा चलिरहेको छ। भगवती न्यौपानेले १२ भदौंमा गरेका उपसचिव र शाखा अधिकृत सरुवाको निर्णय उल्टाएर भिमकान्तले राम्रै फाइदा उठाएको संघिय मन्त्रालयमा चर्चा चल्ने गरेको छ । उनी मात्र होइन भवानी न्यौपाने लगायतका कर्मचारीहरु सरकारी नम्बर प्लेटको सवारी चढेर रबाफ देखाउनेहरु निजामतीमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *