सातै प्रदेशका नगर प्रमुख चरिकोटमा

राजनीति लेख

कार्तिक महिनाको अन्तिम साताधार्मिक अनुष्ठानमा संलग्नभएँ । बुबाको निधनको वार्षिकीथियो । श्राद्धभयो । लगत्तै खोलामागएरत्रिपिण्डीश्राद्ध गरियो । अनी७दिनेश्रीमद्भागवतमहापुराणकथावाचन सुरु भयो । विहान देखि बेलुकासम्मपलेटी मारेर वस्नु पर्दथ्यो ।

कथा सुन्नु पर्दथ्यो । १२ बजेतिर मध्यान्हहुन्थ्यो । सो समयमानुनिलो वाहेक खान सकिन्थ्यो । वाहिर जानअनुमतीथिएन । सात दिनको अवधीमा मैले २ पटक केहीघण्टाकोलागिनिस्कनु पर्ने भयो । मुख्यकर्ता जेठोदाजु र पण्डितसँगअनुमतीमाजानपाइन्छभनिएको थियो । सोहीअनुसार निस्केर एक कार्यक्रममागएको थिएँ । त्यसको वारेमा चर्चा गर्दैछु ।

७दिने कोर्ष
म तालिमप्रकृया संलग्न भैरहेको मान्छे । अझभनौं एकै ठाउँमा वस्ने अझपलेटी मारेर वस्ने वानीनभएको । कार्तिकको २३ गते देखि २९ गतेसम्म एकै थलामा वस्नु पर्ने थियो, श्रीमद्भागवतमहापुराण सुन्न । विहान७वजे देखि वेलुका ५ बजेसम्म । विचमा एक पटकमध्यान्हहुने ४८ मिनेट छुट्टीमिल्ने ।त्यो समय खानाखानकोलागिहो । कथावाचनको बेलामाबोल्न नमिल्ने । बसेको ठाउँबाटउढ्न नमिल्ने आचारसंहिताथियो । यस्तै आचारसंहिताहामिले तालिमको सुरुवाती सत्रमावनाउने गर्दछौं । थपनियममाआगन्तुकसँगपनिइसारामा कुरा गर्नु पर्ने, उठेर आगन्तुकलाई नमस्कार तथा स्वागतपनि गर्न निमिल्ने । खानाकापदार्थमा पनिसिमिततातोकिएको थियो ।

वाहिर जानै पर्ने वाध्यताभयो भने मूलकर्ता र पण्डितको अनुमतीलिएर जानु पर्ने भनी केही खुुकुलो व्यवस्थाथियो । सायद यो व्यवस्था मेरैलागि बनेको भान भैरहेको छ । पुराणको समयमा सानो स्वर गरी फोन उठाउने गरेका थियौं । कहिलेकाँहीकथावाचकपण्डितपुण्यप्रसाद सुवेदीको आँखाछलेर फेसवुक लगायत सामाजिक सञ्जालपनि हेर्ने गर्दथ्यौं ।मलाई यो धार्मिक अनुष्ठान७दिने तालिम जस्तै लागिरहेको थियो । कथाहरु रोचकथिए । सात दिनसम्म रहँदामलाई पट्यार भने खासै लागेन । हाईलाग्ने निन्द्रालाग्ने कामपनिभएन ।

असलअभ्यास आदानप्रदान
श्रीमद् भागवतमहापुराण भैरहेको पाँचौ दिनमाकथा सुनेर वसिरहेको थिएँ । हितैषिमित्रथिर वहादुर थापाले फोन गर्नु भयो । लु तपाई आउनु प¥यो । सातै प्रदेशकानगरप्रमुखउपप्रमुख, वागमतीप्रदेशकामूख्यमन्त्री, मन्त्रीलगायतकाजमघट छ । तपाइका पुरानाचिनजानको पनि हुुनुहुन्छ । कतिपयले सोधेका छन् भन्दै मलाई निम्ता गर्नु भयो । मैले मिल्दैन होलायहाँ पुराणको नियमकडा छ भनें । तपाइमूलकर्ता हैन आउनमिल्छभन्नु भयो ।

उहाँले सवै जानकारी लिएर मलाई बोलाउनु भएको रहेछ । मलाई पनिजाउँजाउँलाग्यो । मैले जेठोदाजु र पण्डितसँग सानो स्वरले अनुमतीमागें । जानै पर्ने भन्नु भयो । मैले हो मात्रै भने । सांकेतिक रुपमाअनुमतीपाएँ । पुराणको सयममा वस्ने अनुमतीपाउने कुशको औठीत्यही सुरक्षित राखें । छोरो प्रत्युषलाई तयार हुनभन्दै मैले लुगा फेरें । कथावाचनको क्रममा वस्दा कुर्ता सुरुवालवाधोतीलगाइन्थ्यो । सर्ट पाइन्ट र कोट लगाएर छोराको स्कुटीमाचरिकोट सातदोवाटो पुगें। कार्यक्रम भरखर सुरुहुँदै रहेछ । आशनग्रहणको क्रमचलिरहेको रहेछ ।

बागमतीप्रदेशकामूख्यमन्त्री ईन्द्र वानियाँप्रमुखअतिथीअनीविशेष अतिथीमावागमतीप्रदेशकावनतथावातावरणमन्त्री भरतवहादुर केसीले आशनग्रहण गरिसक्नु भएको रहेछ । केही समय पछि राष्ट्रिय सभाकामाननिय सांसद घनश्याम रिजालआउनु भयो । उहाँलाई पनिविशेष अतिथीको आशनग्रहण गराइयो । प्राकृतिक स्रोत तथावित्तआयोगकाअध्यक्षजुद्धगुरुङ्ग, नेपालनगरपालिका संघकाअध्यक्षएवं निलकण्ठनगर प्रमुखभीमढुँगाना, गाउँपालिकामहासंघकाअध्यक्षलक्ष्मीपाण्डे, जिसस दोलखाकाप्रमुखवर्जुरामघ

तानी, कागेश्वरी मनहरा नगरका प्रमुखएवं नगरपालिका संघकावागमतीकाअध्यक्ष उपेन्द्र कार्की, त्यसै गरी जनकपुर उपहानगरका प्रमुख, त्यसै गरी दमक, मिथिला, वालिङ्ग, तानसेन, विरेन्द्रनगर र भजनीनगरपालिकाकाप्रमुखउपप्रमुखलगायतकाटिमको उपस्थीति रहेको थियो ।भीमेश्वर नगरले जनकपुरधाम, ललितपुर र जीरी नगरपालिकासँगभगिनी सम्वन्ध स्थापित गरेको हुँदात्यहाँकाप्रमुखआमन्त्रण गरेको थियो । सोहीअनुसार ललितपुर महानगरका प्रमुखवाहेक अरु सवै प्रमुखको उपस्थीति रहेको थियो । दोलखाका सवै स्थानीयतहकाप्रमुखउपप्रमुखलाई पनिआमन्त्रण रहेको थियो ।

कार्यक्रममा दोलखाजिल्लाका राजनीतिकदलका नेताहरु समेत अतिथी रहनु भएको थियो ।
कार्यक्रमथियो, स्थानीय सरकार असलअभ्यास आदानप्रदान राष्ट्रियकार्यशाला । यसको आयोजकभीमेश्वर नगरपालिकाअनी सहकार्य भने द एशियाफाउण्डेशन ।

यस फाउण्डेशनले निरन्तरं भीमेश्वर नगरपालिकासँग सहकार्य गरिरहेको छ । भीमेश्वर नगरपालिकाको नगर पाश्वचित्रनिर्माणमा २०७५ सालमा नैं सहकार्य गरी सहयोग गरेको थियो । पछिल्लो समय स्थानीयशासन सबलिकरण परियोजनाभीमेश्वर नगरपालिकालगायत७वटै प्रदेशका एक एकवटा स्थानीयतहमा सञ्चालन गरिरहेको छ । सोहीकार्यक्रमअन्तरगत यस वर्षको असलअभ्यास आदानप्रदानकार्यक्रमचरिकोटमाआयोजना गरिएको हो ।

यस अघि यस्तै कार्यशालाविरेन्द्र नगर नगरपालिका र दमक नगरपालिकामाआयोजना भैसकेको थियो । अष्ट्रेलियन सरकारको सहयोगमा द एसियाफाउण्डेशनले सातै प्रदेशका एक एकवटानगरपालिकामा यो स्थानीयशासन सबलिकरण परियोजना सञ्चालन गरेको छ । जस अनुसार कोशीको दमक, मधेशको मिथिला, वागमतीको भीमेश्वर, लुम्वीनीको तानसेन, गण्डकीको वालिङ्ग, कर्णालीको विरेन्द्रनगर र सुदूरपश्चिमको भजनीनगरपालिकाकार्यक्षेत्र रहेको छ ।यस कार्यक्रमअन्तरगत सम्वन्धीत स्थानीयतहमाकानूननिर्माण् प्रकृयामा परियोजनाले सहजिकरणतथा सहयोग गरिरहेको छ ।

भीमेश्वर नगरका प्रमुख ईश्वर मानन्धरको अध्यक्षतामाभएको कार्यक्रममाविरेन्द्र नगरका प्रमुख मोहनमायाढकाल, जनकपुरधामउपमहानगरपालिकाकाप्रमुखमनोजकुमार शाह, गाउँपालिकामहासंघकाअध्यक्षलक्ष्मीपाण्डे, नेपालनगरपालिका संघकाभीमढुँगाना, जिसस दोलखाका बर्जुरामघतानी, प्राकृतिक स्रोत तथावित्तआयोगकाजुद्धगुरुङ्ग, वनतथावातावरणमन्त्री भरत केसी, राष्ट्रिय सभाका सांसद घनश्याम रिजाल, बाग्मतीप्रदेशकामुख्यमन्त्रीइन्द्र वानियाले शुभकामनामन्तव्य राख्नु भएको थियो । सो समारोहमाभीमेश्वर नगरका उपप्रमुखकमला वस्नेतले सवैलाई शव्दरुपी स्वागत गर्नु भएको थियो ।

मनन् योग्यविचार
सवै वक्ताको विचार मननु योग्यथियो । गाउँपालिकामहासंघकाअध्यक्ष र नेपालनगरपालिका संघकाअध्यक्षहरुको मन्तव्य स्थानीय सरकारको सवलिकरण केन्द्रीतथियो । निलकण्ठनगरप्रमुख समेत रहनु भएकाढुङ्गानाले संविधानदिएको स्थानीयतहका २२ वटाएकलअधिकारका विषयमाविश्वमा नैं अनुकरणीयमानिएको चर्चा गनुृ भयो ।

त्यसै गरी स्थानीयतहजस्तो समावेशीकरणका संरचनाकहीनभएको प्रष्ट्याउदै स्थानीयतहकाजनप्रतिनिधिहरुनिर्वाचितहुने वित्तिै अभिमुखीकरणचाहिने कुरा औंल्याउनु भयो । जिसस दोलखाकावर्जुरामघतानीले दोलखामा ६ सय ९ मेघावाटविजुलीउत्पादन भैसकेको तर यो सम्पत्ति दोलखाकाझुपडीकालागिहुननसकेको प्रसङ्गमाध्यानाकर्षण गराउनु भयो ।

प्राकृतिक स्रोत तथावित्तआयोगकाअध्यक्षजुद्धवहादुर गुरुङ्गले सवै भन्दानविनतमकाम गर्ने भनेकै स्थानीय सरकार हो । दोलखाका केही स्थानीयतहकाकार्यसम्पादनमूल्यांकनकमजोर देखिएको छ । सो मूल्यांकन राम्रो भएमाथप रकमआउनेछ भन्ने जानकारी गराउनु भयो ।

वागमतीप्रदेश सरकार वनतथावातावरणमन्त्री भरत केसीले आफु नगर प्रमुखहुँदाभवननिर्माणको सुरुवातभएको भवनको सभाकक्षको पहिलो कार्यक्रममाआफैं अतिथीहुनपाउँदाखुसीलागेको वताउनु भयो । उहाँ २०७४ सालमाभएको स्थानीयतहको निर्वाचनबाटभीमेश्वर नगरप्रमुखहुनु भएको थियो । त्यो बेला सुरु भएको अन्यनगरसँगको मितेरी साइनोले सार्थकतापाएको चर्चा गर्दै अहिलेको भूमिकाअनुसार स्थानीयतहतथा समुदाय मैत्री र विकास मैत्रीवन ऐन वनाउनप्राथमिकताका साथलागेको चर्चा गर्नु भयो ।

वनका सन्दर्भमा तिनतहका सरकारहरुको भूमिकामा केहीदुविधाहरु देखिएको हुँदा सवैको साझा सहकार्य तथा संवादमा साझावुझाइको वातावरणतयार गर्न प्रदेश मन्त्रालयको लागेकोले सवैको सहयोग अपेक्षा राख्नु भयो । राष्ट्रिय सभाका सांसद घनश्याम रिजालले वदलिंदो परिवेशमा संघीयतहकाजनप्रतिनिधिहरु राष्ट्रिय सभामामात्रभएकोले सोहीअनुसारको भूमिका खेल्ने अठोट व्यक्त गर्नु भयो । कार्यक्रमकाप्रमुखअतिथीएवं वागमतीप्रदेशकामुख्यमन्त्रीइन्द्र वानियाँले असलअभ्यास मात्र हैन कमजोरीबाटपनिसिक्न जरुरीछ । ताकीपछि र अरुले त्यस्तागल्ती गर्न नपरोस् ।

प्रदेश सरकार वोलीव्यवहार एकै वनाउनप्रयासरत छ । स्थानीयतहलाई परेको कठिनाई फुकाउनप्रदेश सरकार तयार छ तर निर्णयसँगसगै कार्यान्वयनहुनु पर्ने मान्यता राखेको कुरा बताउनु भयो ।

२ दिनसम्मचलेको असलअभ्यास अनुभवआदानकार्यशालाबाट १३ वुँदे घोषणापत्र जारी गर्दै समापन गरिएको छ । यस घोषणापत्रमा स्थानीयतहले खेल्ने भूमिकावारेमा प्रतिवद्धताजाहेर भएकाछन् ।७वटै प्रदेशकाहिमाल, पहाड र तराईका नगर प्रमुखकाटिमहरु दोलखामाजम्मा भैं अनुभवआदानप्रदानगर्दा स्थानीयतहकाकामहरु अझै जनमुखी र प्रभावकारी हुनमापक्कै सहयोग पुग्ला ।

यो अनुभवआदानप्रदानमाप्रदेश तथा संघीय संरचनाहरुको पनि सहभागीताले संघीयताअझै सुदृढ हुनमा योगदानपुग्न सक्नेछ । तर यस्ता भेलामेलाहरु रमाइलो र घुमफिर मात्रै हुँदैनन्, सुधार र रुपान्तरणकोआधार बनाउने जिम्माजनप्रतिनिधिकैं हो । सफलतामिलोस,शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *