काठमाडौं । नेपालीहरु रोजीरोटी र अध्ययनको लागि विदेशिने क्रम जारी छ । विदेशिने क्रम जारी भएसँगै ठगिनेहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । राज्यका सम्बन्धित निकायहरुले त्यस विषयमा खबरदारी गर्न सकेका छैनन् । एकातिर म्यानपावर कम्पनीहरुले ठगिरहेका छन् भने अर्कोतिर व्यक्तिहरुले विभिन्न देशसी एजेन्ट खडा गरेर ठगिधन्दा सञ्चालन गरिराखेका छन् । व्यक्तिगत ठगी गर्नेहरुले भारतबाट दुबई हुँदै अन्य देशहरुमा नेपालीहरु पठाउने नाममा ठगी गरिरहेका छन् ।
यता मेनपावर कम्पनीहरुले दैनिक पत्रिकाहरुमा मलेसिया, दुबई, कतार, साउदी, बहराइन् र कुवेतजस्ता मुलुकमा काम आवश्यकता सम्बन्धी सूचना दिनदिनै प्रकाशित गरिरहेका हुन्छन् । त्यसरी प्रकाशित अधिकांश सूचनाहरु फिरी, भिसा, फिरी टिकट भनिन्छ । तर, फिरी, भिसा, फिरी टिकटमा कुनै नेपाली विदेश गएको पाइँदैन । सुचनामा फिरी भिसा, फिरी टिकट भनिएको हुन्छ म्यानपावर कम्पनीहरुले दुईदेखि तीन लाखसम्म असुलेको पाइन्छ ।
उता, कतिपय कम्पनीहरुले त आफैले विभिन्न देशको डिमाण्ड लेटर खडा गरी कामदार आवश्यकता सम्बन्धी सूचनाहरु प्रकाशित गर्ने गरेका छन् । त्यसरी प्रकाशित गरिएका सूचनाहरु सही हुन् कि गलत भनेर श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन गरेको पाइँदैन । श्रम मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागका कर्मचारीहरुले पनि त्यसरी प्रकाशित हुने सूचनाको अनुगमन र अध्ययन गरेको पाइँदैन ।
तर, म्यानपावर कम्पनीहरुले दुबई, कता, मलेसिया, साउदीजस्ता देशहरुमा कामदार आवश्यकताको सूचना प्रतिशत गरी युवायुवतीलाई ठग्ने काम गर्दै आएका छन् । राज्यका सम्बन्धित निकायहरुले त्यस्ता विषयमा कुनै ध्यान दिन सकेको छैन । जेनजीको बलबाट बनेको शुशिला कार्की नेतृत्वको सरकारले पनि त्यस विषयमा ध्यान दिन सकेको छैन । उल्टै सरकारले श्रम मन्त्रीसमेत नियुक्ति गर्न नसकेपछि वैदेशिक रोगारमा ठगी धन्दा फस्टाउँदै गएको छ ।
मलेसिया सरकारले १० वटा मापदण्ड राखेर नेपाली कामदार माग गरे तापनि नेपाल सरकारले संसद नभएकाले यस विषयमा कुनै छलफल र डिसिजन गर्न नसक्ने बताएपछि नेपालीहरु मलेसिया जान बञ्चित भएका छन् । उता मलेसिया सरकारले नेपाली कामदारलाई रोक लगाइरहेको छ भने यता नेपालका मेनपावर कम्पनीहरुले मलेसियाको लागि कामदार आवश्यकताको सूचना प्रकाशित गरेर भित्रभित्रै पठाउने नाममा ठगी गरिरहेका छन् । सरकारको ध्यान त्यतातिर जान सकेको छैन ।
अर्कोतिर एतिबेला ठगीका मुद्दाहरु बढेसँगै ठगिनेको संख्या पनि त्यत्तिकै बढिरहेको छ ।
नेपाली युवायुवतीहरु प्रायःजसो रोमानिया, कुवेत, टर्की, युगोस्लाभिया, नाइजेरियालगायतका युरोपियन मुलुकमा दशौं खर्च गरेर जाने गरेका छन् । यता, सरकारले यी मुलुकमा कामदार पठाउने सम्झौता गरे तापनि विचौलिया र म्यानपावर कम्पनीहरुले नेपालबाट सिधैं नपठाइ भारतको बाटो हुँदै अवैध रुपमा कामदार पठाउने गरेका छन् । तर, यी देशमा अधिकांश नेपाली भिजिट भिसामा जाने र उतै लुकेर काम गर्ने गर्दै आएका थिए । पछिल्लो समयमा सरकारले स्वघोषाबाट भिजिट भिसामा विदेश जान पाउने नियम लागु गरेपछि झन् नेपाली कामदारहरु अलपत्र पर्ने र ठठिने गरेका छन् । राज्यले श्रम सम्झौता गरे तापनि नीति बनाउन नसक्दा नेपालीहरु मारमा परेका छन् ।

