मुख्यसचिव अर्यालहरुको राज

राजनीति समाचार

पछिल्लो समय मुख्यसचिवमा अर्यालहरुको पकड देखिएको छ । बैकुण्ठ अर्याल, शंकरदास बैरागी (अर्याल), एकनारायण अर्याल हुँदै सोमबारमात्र जीवनभर तथ्यांक सेवामा काम गरेका काठमाडौं जोरपाटीका सुमनराज अर्यालले बाजी मारेका छन् ।

जसरी प्रहरीतर्फ सिनियर दानबहादुर कार्कीलाई महानिरिक्षक बनाइयो । उसैगरी प्रशासनतर्फ पनि सिनियारिटी मिचिएन र सुमन अर्याल मुख्य सचिव बनाइयो । मुख्य सचिवका खास दावेदार गोकर्णमणि दुवाडी थिए तर सचिव बन्दा पाँच पल्ट बल्डयाङ्ग खाएर केपी शर्मा ओली प्रधानमन्त्री हुँदा छैंटौं पटकमा बल्ल सचिव बनेका दुवाडी जेनजीको आन्दोलन दमन गरेको भन्दै रिङ्ग आउट भए ।
जेनजी विद्रोहको क्रममा राजनीतिक दलका शीर्षस्थ नेताहरुको घर छानी छानी आगो लगाइयो ।

प्रशासनतर्फ उनै गोकर्णमणिको घरमा मात्र आगजनी र ढुङ्गामूढा भयो । मुख्य सचिव हुने प्रवल सम्भवना रहेको गोकर्णमणि सचिवबाटै घर फर्किए । अहिले मुख्यसचिवको प्रतिस्पर्धामा सचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य शाक्य, मधुसुधन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण र रामप्रसाद घिमिरे रहेका थिए । तीन महिना अगाडि भरतमणि सुवेदीले राजीनामा नठोकेको भए उनी मुख्य सचिव हुन सक्थें । उनले राजीनामा दिँदा, गोकर्णको मुहारमा कालो धब्बा लाग्दा उनी मुख्य सचिव हुनबाट रिङ्ग आउट हुन पुगे ।

०६७ साल चैतमा गोकर्णमणि दुवाडीसँगै कृष्णबहादुर राउत, मानबहादुर बि. के. र लक्ष्मीकुमारी बस्नेत सहसचिव भएका थिए । जसमध्ये दुवाडी र राउतमात्र खुला प्रतिष्प्रर्धाबाट मैदानमा उत्रिएका हुन । मानबहादुर बि. के दलित कोटा उपयोग गरेर पहिलो दलित सचिव बने अहिले रिटायर्ड पछि विश्वविद्यालयमा नियुक्ति भेटेका छन् । लक्ष्मी बस्नेत महिला कोटाबाट सहसचिव हुँदै सचिव बढुवा हुनै ढिला भएको हो । छड्के प्रवेशका कारण पेन्सनका लागि २० बर्ष नपुग्ने भएका कारण सचिव बढुवा हुनका लागि अनिवार्य पर्ने ‘एसईडिपी’ तालीम नलिएका कारण राउत र बस्नेत ढिला गरी सचिव बढुवा भए ।

यदी उनीहरुले समयमै यो तालिम लिएको भए केही अघि नै सचिव बढुवा हुने थिए बढुवा ढिला भएको कारण उनीहरु मुख्यसचिवको दाबेदार बन्न सकेनन् । यदी समयमै तालिम लिएका भए दुवाडी पछि राउत मुख्य सचिवको दावेदार रहन्थे तर पेन्सनको लोभमा तालिम छल्दा उनी निकै ढिला गरीमात्र सचिवमा उक्लिए ।

त्यसो हुँदा उनीभन्दा निकै जुनियर सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, रामप्रसाद घिमिरे, किरणराज शर्मा, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपालप्रसाद सिग्देल र रविलाल पन्थ सचिवमा उक्लिए पछि मात्र उनले तालिम लिएर सचिव भएका हुन । त्यही कारण मुख्य सचिवका प्रवल दावेदार मानिएका कृष्ण र लक्ष्मीहरु पेन्सनका लोभमा पर्दा ढिला गरी बढुवा भए र अहिले जीवनभर तथ्यांक सेवामा बसेर काम गरेका सुमनले मुख्य सचिव चलाउने सौभाग्य पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *