गगन डा. आरजुको शरणमा

राजनीति समाचार

काठमाण्डौ । एमालेका अध्यक्ष केपी शर्मा ओली जस्ता व्यक्तिहरुसँग मिलेर सरकार बनाउन रमाएका देउवाका आसेपासेहरु नक्कल भुटानी शरणार्थी र भिजीट भिसाको नाममा देशलाई ओरालोतिर धकेल्ने काम भएको थियो । यो सरासर गलत थियो । गिरिवन्धु काण्डमा जसरी केपी ओली जोडिए त्यहाँ दिपक मलहोत्रा, डा. आरजु राणाको संग्लनता रहेको थियो ।

त्यस विषयमा अख्तियारले छानबिन गर्दै छ । रमेश लेखक जस्ता व्यक्तिलाई डा. आरजुकै पेरी फेरीमा राखेर भ्रष्टाचार गर्ने काम भएको थियोि । डा. आरजुको सेवा गर्न फुरक्क भएका गगन थापाले डा. आरजुलाई उपसभापति स्वीकरेर देउवाको साथ पाएको खण्डमा देउवाको विश्वास पात्रहरू डा प्रकाश शरण महतदेखि भुटानी शरणार्थी काण्डका योद्धा बालकृष्ण खाँड मन्जु खाँडको विद्रोहले गगनलाई सहयोग गर्ने छैन । उपसभापति पुर्ण बहादुर खड्का गगनसँग जोडिए भने संस्थापनको विद्रोह चर्कने छ ।

गगनहरुले भ्रष्ट दिपक खड्कालाई खबरदारी गरेनन् । प्रदिप पाण्डेका विरुद्ध कांग्रेसी राजेन्द्र बजगाई खनिएकै हुन् । कानुन मन्त्री अजय चौरासियाले इँटा भत्तामा जलाउने चरित्रका मोहम्द अफताब अलामलाई जेलमुक्त गर्न न्यायाधीसहरु परिचाल गर्नु, उपसभापति धनराज गुरुङ्गको सहकारी ठगीमा रमिते बस्नु बहादूरी ठानेका थिए । कांग्रेसको देउवा समूह कति बदनाम छ भन्ने कुरा घरमै पैसाको गोदाम जल्नु हो । सर्वजनिक बदनाम् हुनु हो ।

डा. आरजुलाई बोकेर सभापति पद सुरक्षित छ भन्ठान्यो भने यो जस्तो अपराध अरु केहि हुदैन । किनकी कांग्रेसमा सचेत युवा धेरै छन् । अव गगन थापाकै तर्कमा युवाहरु रमाउन पर्दैन् । पार्टीको नेतृत्व पहिला जसरी फुत्काईयों आज त्यसरी नै सम्पन्न देउवालाई डा शेखर जति सहज वन्छन् गगन थापा सहज हुदैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *