सरकारको काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

राजनीति समाचार

काठमाडौं । सुशिला कार्की नेतृत्वको सरकारले खर्च कटौतिको नाममा कर्मचारीलाई विदेश भ्रमण रोक्नेदेखि ज्यालादारी र करारमा आबद्ध १० हजार कर्मचारी कटौति गर्ने भनिएको थियो । तर न सरकारले कर्मचारी कटौति गर्न सकेको छ नत विदेश भ्रमण नै रोक्न सकेको छ । कर्मचारी र मन्त्रीहरु विभिन्न बहानामा विदेश भ्रमण गरिरहेका छन् । सरकारका मन्त्रीहरु पनि विदेश भ्रमणमा जाने आउने गरेका थुप्रै उदाहरणहरु छन् । प्रधानमन्त्री सुशिला कार्कीले अझै पनि मन्त्री मण्डललाई पुर्णता दिन सकेकी छैनन् । कार्कीले ११ सदस्यको मन्त्रीमण्डल विस्तार गर्ने भनेतापनि १४ जना मन्त्री नियुक्ति भइसकेका छन् । तीन वटा मन्त्रालय कार्की आफैले सम्हाल्दै आएकी छिन् ।

सरकारले भौतिक, उद्योग वाणिज्य, गृह, स्वास्थ्य, श्रम, भूमि, अर्थ, खेलकुद, जेष्ठ नागरिक तथा बालबालिका, संघीय मामिला जस्ता मन्त्रालयमा मन्त्री नियुक्त गरिसकेको छ । परराष्ट्र, खानेपान र रक्षा मन्त्रालयमा मन्त्री नियक्ति हुन बाँकी रहेको छ । रामेश्वर खनालले अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका छन् । अनिल कुमार सिन्हाले उद्योग वाणिज्य र कानुन मन्त्रालय सम्हालेका छन् । कुलमान घिसिङले उर्जा, भौतिक र शहरी गरी तीन मन्त्रालय मन्त्रालय सम्हादै आएका छन् । मन्त्रीहरुको अनुहार हेर्दा विदेशका जासुसी हुन् कि भने भान हुन्छ । किनकी मन्त्रीहरुको काम गराई र हेराइले यस्तो झल्को दिन्छ । कार्की नेतृत्वको सरकारका मन्त्रीहरुले कुनैपनि योजना ल्याउन पनि सकेका छैनन् । नयाँ दिशाबाट कामको थालनी पनि गर्न सकेका छैनन् ।

मन्त्रीहरुको काम गराई हेर्दा पुरानै सरकारको ढर्राबाट काम भइरहेको अवस्था छ । मन्त्रीहरुका स्वकीय सचिव सल्लाहकार र निजी सचिवालयमा उनीहरुका आफन्त र नातागोताले भरिएको देखिन्छ । सेवा सुविधा पनि त्यत्तिकै लिइरहेका छन् । प्रधानमन्त्री सुशिका कार्कीको चेम्बरमा आदर्श श्रेष्ठको आफन्तहरु १४ जना राखिएको भनेर विरोध नै भएको थियो । विरोधका बाबुजुद पनि आदर्श श्रेष्ठकै योजनाअनुसार प्रधानमन्त्री कार्की चलिरहकी छिन् । अन्य मन्त्रालयको हालत पनि प्रधानमन्त्री कार्यालयको जस्तै छ । केहि हप्ता अगाडि श्रम मन्त्रालयका सहसचिव कृष्ण सापकोटा वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उपे्रती लगायतको टोली करिब १५ दिनको जापान भ्रमण गरेर मंसिर २६ गते स्वदेश फर्किएका छन् ।

उता, सरकारले कर्मचारीलाई विदेश भ्रमण रोकेता पनि संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, गृह, श्रम र परराष्ट्र मन्त्रालय अन्तर्गतका कर्मचारी विदेश भ्रमणमा ओहोरदोहोर गरिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु गत मंसिर १५ गतेदेखि चीन भ्रमाणमा रहेका छन् । त्यसमा ३ जना महिला उपसचिव रहेका छन् ४ जना नासु रहेका छन् । कोहि जापान भ्रमणतिर रहेका छन् भने कोहि चीन भ्रमणमा रहेका छन् । उनीहरु विदेश भ्रमण गरेर आज स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यसले गर्दा सुशिला कार्कीको सरकार ‘काम कुरो एकारित, कुम्लो बोकी थिमितरि’ भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *